२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्न म्युनिकमाथी पीएसजीको जितः चेल्सीले पोर्टोलाई हरायो



अ+ अ-

पेरिस । बुधबार युरोपेली च्याम्पियन्स लिग अन्तिम आठको पहिलो लेगको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकलाई उसकै घरमा ३–२ ले हराएको छ ।
गत वर्षको प्रतियोगिताको फाइनलमा यिनै दुई टिम भिडेका थिए ।

यसपल्ट पीएसजीले प्राप्त गरेको जितमा केयलिन एमबापेले दुई गोल गरे । उसका लागि अर्को गोल मारक्विन्होसले गरे ।बायर्नका लागि भने एरिक म्याक्सिम र थोमस मुलरले गरे ।

त्यस्तै अर्को खेलमा चेल्सीले पोर्टोको घरमा २–० को जित निकाल्यो र सेमिफाइनलका लागि आफूलाई बलियो प्रत्यासी बनायो । चेल्सीको यस जितमा मेसन माउन्ट र बेन चिलवेलले गोल गरे । घर बाहिर प्राप्त यी जितपछि पीएसजी र चेल्सी दुवै दोस्रो लेगको खेल अगाडि बलियो स्थितिमा रहन सफल रह्यो ।