
काठमाडौं । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग१ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ ।
दुर्घटनामा घाईते भएका ७ जनाको जिल्ला अस्पतालमा उपचार भै रहेको छ । जिप बेहुलाको घर नजिकै आउँदा शनिबार बिहान ३ बजे दुर्घटनामा परको थियो ।