१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशमा तीन दिन होली



अ+ अ-

महोत्तरी । मधेश प्रदेशमा यसपालि लगातार तीन दिन ‘होली’ पर्व मनाइने भएको छ । तिथि र मध्यमा परिक्रमाका कारण गर्दा यसपालि लगातार तीन दिन पर्वको तयारी देखिएको हो ।

मधेशका पर्वते समुदायले आज पूर्णिमाका दिन ‘होली’ मनाइरहेका छन् भने मधेश प्रदेशका मधेशीले  पूर्णिमाको भोलिपल्ट ‘होली’ मनाउँछन् । मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने परम्परा छ । यसअनुसार आज जनकपुरधाम आइपुगेको  परिक्रमा भोलि अन्तर्गृह परिक्रमा गरेर शनिबार होली मनाउने तयारीमा छ ।

छोड्दो पूर्णिमा तिथिमा पर्वते समुदायले, चैत कृष्ण प्रतिपदाका दिन र मधेशी समुदायले उदाउँदो पूर्णिमा तिथिमा होली मनाउने परम्परा भए पनि जनकपुर क्षेत्रमा अन्तर्गृह परिक्रमाको भोलिपल्ट पर्व मनाइने गरिन्छ । यसअनुसार जनकपुरमा शनिबार होली खेलिने छ । 

“माध्यमिकी परिक्रमाका यात्री डोलासहित आज जनकपुर आए, अब भोलि अन्तर्गृह परिक्रमा हुनेछ, त्यसैले यहाँ शनिबार होली मनाइने छ”, मैथिल परम्पराबारे बताउँदै जनकपुरका पत्रकार वीरेन्द्र रमणले भन्नुभयो । यसकारण मधेशमा यसपालि लगातार तीन दिन ‘होली’ हुने भएकोे हो ।