५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय गीतकार समिरलाई काठमाडौँमा अभिनन्दन



अ+ अ-

काठमाडौँ; प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ । आज यहाँ लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समिरलाई ‘समिर अभिनन्दन समारोह’मार्फत अभिनन्दन गरिएको हो ।

विश्वमा सबैभन्दा बढी गीत लेखेवापत ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउनुभएका समिरले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेख्नुभएको छ ।

सो समारोहमा गीतकार समिरले प्रकृतिको अनुपम सुन्दर देश, पशुपतिनाथको यस भूमिमा आएर सम्मानित हुन् पाउँदा आफू निकै प्रफुल्लित भएको बताउनुभयो । हिमाल र पहाडबीचबाट काठमाडौँ उत्रिने क्रममा एउटा गीत फुरेको अनुभूति सुनाउँदै नेपालबाट आफूले धेरै सिकेर जाने बताउनुभयो ।

काठमाडौँ उत्रनु अगाडि हिमालको सुन्दर दृश्य हेर्दै एउटा गीत रचना गरिसकेको बताउँदै गीतकार समिरलेसो गीतलाई नेपालमा अत्यधिक मन पराउने र नेपालका लागि धेरै लेख्ने बाचा पनि गर्नुभयो । उहाँ व्यवसायी वसन्त चौधरीको निमन्त्रणामा पहिलो पटक नेपाल आउनुभएको हो ।

अहिलेसम्म आफूले धेरै सम्मान पाएको तर जसले गीतकारको पीडा दुःख बुझेको छ उसकै सम्मान पाउँदा खुसी महसुस गरेको भन्दै उहाँले  गीतकार सङ्घ नेपाललाई धन्यवाद दिनुभयो ।

सो अवसरमा गीतकार तथा साहित्यकार बसन्त चौधरीले समिर अन्जानको नाम साङ्गितिक क्षेत्रमा निकै चर्चित रहेको बताउनुभयो । हिन्दी चलचित्र र  गीत मन पराउने सबैले उहाँलाई मन पराउने उहाँको भनाइ थियो । गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले सङ्घले विभिन्न समयमा गीतकारको सम्मान गर्दै आएको भन्दै यसपटक समिर अन्जानलाई अभिनन्दन गर्ने अवसर प्राप्त भएको र सो अवसरका लागी लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरलाई धन्यवाद दिनुभयो ।

गीतकार समिरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् ।रासस