काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमल शाह भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेला २०२१ मा सहभागी हुन भारत जानु भएको छ । नेपाल वायुसेवा निगमको काठमाडौं दिल्लीको नियमित उडानबाट बिहान ११.५ बजे उहाँहरु दिल्ली जानु भएको हो ।
सन्यास परम्पराका सर्वोच्च पदधारी निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीको निमन्त्रणामा कुम्भमेलामा सहभागी हुन पूर्व राजदम्पति त्यस तर्फ लाग्नु भएको हो ।
राजाका हैसियतमा नै आयोजकले निमन्त्रणाा गरेको र चैत्र ३० गते आयोजना हुने र शाही स्नानमा सहभागिता जनाउन आयोजकले आग्रह गर्नु भएको थियो।











