२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बेदना बिर्साउने चौतारी बन्दै एकल महिला समूह

बेदना बिर्साउने चौतारी बन्दै एकल महिला समूह
अ अ+ अ-

काठमाडौं । मानवअधिकारका लागि महिला, एकल महिला समूहमा करिब डेढ लाख एकल महिला आबद्ध छन् । उनीहरुका हकहित, अधिकारका पक्षमा क्रियाशील हुने उद्देश्यले विसं २०५२ मा स्थापना गरिएको संस्थाले देशभर सञ्जाल विस्तार गरी महिलालाई सङ्गठित गर्नुका साथै अहिले १७ जिल्लामा आफ्नै भवन स्थापना गरेको छ । विपत्मा परेका एकल महिलाका दुःख, वेदना बिर्साउने चौतारीका रूपमा ती भवन विकास गरिएको छ । देशभर करिब सात लाख एकल महिला रहेको जनाइएको छ ।

संस्थामा आवद्ध महिलाको सामाजिक रुपान्तरणका लागि विभिन्न सीपमूलक कार्य सञ्चालन गर्दै आएको उक्त संस्था तत्कालीन समयमा दर्ता गर्न चुनौती थियो । ती महिला खुलेर सङ्गठनमा आउन डराउँथे । समयक्रमसँगै भइरहेको क्रमिक परिवर्तनले अहिले एकल महिलाका पक्षमा तथा सशक्तीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम हुन थालेका छन् । स्थानीय तहदेखि, प्रादेशिक हुँदै केन्द्रीय तहसम्म उनीहरुलाई रोजगारमूलक बनाउन व्यावसायिक कार्यक्रम सञ्चालन भइरहेका छन् । त्यसका लागि आवश्यक रकम बजेट निर्माणमा व्यवस्थापन हुन थालेको छ ।

समूहका निर्देशक राजीन रायमाझीले विकास तथा नीति निर्माण तहमा पनि एकल महिलाको उल्लेख्य सहभागिता बढेको बताउँदै समूहको निरन्तर प्रयासका कारण एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक हुँदै गएकामा खुशी व्यक्त गर्नुभयो । उनीहरुमाथि हुने हिंसा तथा दुव्र्यवहारमा कमी आएको छ । धर्म तथा संस्कृतिको आडमा हुने अवहेलना घटेका छन् ।

समूहले १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एकल महिलाको सामाजिक रुपान्तरणमा आधारित अभियानको अभिलेखीकरण कक्ष सञ्चालनमा ल्याएको छ । समूहले विगतमा देशका विभिन्न स्थानमा गरेका कार्यक्रम तथा विभिन्न समयमा एकल महिलाको अधिकार, सामाजिक सुरक्षाका विषयमा गरेका प्रयासलाई व्यवस्थित तरिकाले अभिलेख गरेको छ ।

बूढानीलकण्ठस्थित कार्यालय परिसरमा स्थापना गरिएको उक्त कक्षमा एकल महिलाको सवलीकरण तथा सशक्तीकरणसँग जोडिएका सबै पक्षलाई समेटेर फोटो, सन्देशमूलक सामग्री राखिएको छ । त्यसैगरी संस्थाले गरेका उपलब्धिलाई संस्थागत विश्लेषण, देशका सबै जिल्लामा विस्तार गरिएको सञ्जालका साथै प्रादेशिक संरचनामा समूह सङ्ख्यालगायत राखिएका छन् ।

अधिकारकर्मी एवं वरिष्ठ पत्रकार नेहा शर्माले विधवाको उमपा भिरेर सेतो कपडा पहिरिएर बस्नुपर्ने अवस्था बदलिँदै गएको बताउँदै उनीहरूलाई समाजमा पुनःस्थापित गर्न आवश्यक भएका नीतिगत सुधारका कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार उनीहरूलाई विभेद होइन माया र स्नेहको खाँचो छ ।

सामाजिक सांस्कृतिक तथा सशक्तीकरण र अभियान, दिगो जीविकोपार्जनमार्फत आर्थिकस्तरमा सुधार, मानवअधिकारका लागि शान्ति र न्याय, स्थानीय सुशासनमा एकल महिलाको सहभागिता र क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा एकल महिलाको सवालमा मूल प्रवाहीकरणमा संस्था हाल सक्रिय छ । समूहले टोखामा करिब ३५ रोपनी जग्गामा विशेष प्रकारको उद्यान निर्माण गर्न विस्तृत प्रतिवेदन परियोजना निर्माण गर्न लागेको छ ।

उक्त संस्थाले शुरुमा गरेको दुःख, सङ्घर्षका कारण अहिले एकल महिला सामाजिक सुरक्षा कोष सरकारले स्थापना गरेको विचार व्यक्त गर्दै समूूहका संस्थापक लीली थापाले कोषबाट सम्बन्धविच्छेद गरेका, विधवा, ३५ वर्षसम्म अविवाहित, अंशवण्डा गरी पतिसँग अलग भएका महिला, पति बेपत्ता भएका महिलाले सुविधा पाउने बताउनुभयो । एकल महिलाले ६० वर्षपछि मात्रै भत्ता पाउने व्यवस्था भएकामा हाल सबै उमेरका एकल महिलाले भत्ता पाउने व्यवस्था छ । रासस