काठमाडौं । आजको बैठकमा दिएको शून्य समयमा सांसद बिमला विश्वकर्माले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा जनगणना गर्नुपर्ने माग गर्नु भएको छ ।
भारतले अतिक्रमित गरेको भूमि यथाशिघ्र फिर्ता ल्याई २०७८ सालको जनगणना गर्न प्रतिनिधिसभामा माग गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय एकता, भौगलिक अखण्डताका जोगाइरहेको सरकारले अब लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई यथाशिघ्र फिर्ता ल्याई २०७८ सालको जनगणनामा समावेश गर्नुपर्छ’ ।
विश्वकर्माले नक्सामा भूमि ल्याउनु अपराध हो भने भूमि फिर्ता ल्याई जनगणना गरेर अर्को अपराध गर्न प्रधानमन्त्रीलाई उहाँले आग्रह गर्नुभयो ।











