२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

प्रतिनिधिसभा शुन्य समयमा कुन सांसदले के भने ?

प्रतिनिधिसभा शुन्य समयमा कुन सांसदले के भने ?
अ अ+ अ-

काठमाडौं । सांसदहरुले समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको बिहिबारको बैठकको शुन्य समयमा बोल्दै सांसद लालकाजी गुरुङ्गले प्रतिनिधिसभालाई व्यवस्था गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजा महाराजा भन्दा महान ठान्ने गरेको आरोप लगाउनुभयो ।

सांसद लालबहादुर थापाले गत साउन ४, २५ र भाद्र २ गतेको बाढी र पहिरोले बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका वडाहरुमा खेतीयोग्य भूमि बगाएको र कयौ विस्थापित भएको भन्दै विस्थापित परिवारलाई पुर्नस्थापना गरि उचित राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद बिमला विश्वकर्माले ३ बर्षिय अवधिमा सरकारले गरेका कामहरुको स्वागत गर्नुभयो । सांसद शान्ता चौधरीले विकासप्रेमीहरु खुसीले गद्गद् भएको भन्दै सरकारका कामहरुको प्रंसम्सा गर्नुभयो ।

सांसद सत्यनारायण शर्मा खनालले बास र गाँस नभएको जात चेपाङ बस्तीहरु चलाउने र भत्काउने काम गरेको भन्दै सत्य पहाडीले प्रधानमन्त्री केपी ओली शर्माले असंबैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर सांसद र संसदको अपमान मात्रै नभई अस्तित्वलाई समेतलाई धुलोमा मिलाउने कोशिस गरेको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो “यतिबेला सिंगै अधिवेशनलाई सरकारले बिजनेस विहिन बनाएको छ । के सरकारले बिजनेस दिने हैसियतै गुमायो ? वा सरकारको मानसिकता अझै पुर्न स्थापित भईसकेको छैन । ”

सरलाकुमारी यादवले नेपालबाट दैनिक बालबालिका हराउने क्रम बढ्दै गएको भन्दै आफ्ना नागरिकको जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सरिता कुमारी गिरीले बालबिकास केन्द्रहरुमा कार्यरत शिक्षकहरुले श्रम ऐन अनुसार पारिश्रमिक नपाएको भन्दै आगामी बजेटमा ती शिक्षकका लागि उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सिता  देवी यादवले शान्ति सम्झौताको १४ बर्ष भईसक्दा पनि द्धन्द्धकालिन समयमा  वेपत्ता पारिएका व्यक्ति र द्धन्द्ध पीडीतले न्याय नपाएको भन्दै उनीहरुलाई न्याय गरि आत्मसम्मानका साथ बाँच्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुरेशचन्द्र दासले सर्वोच्च न्यायलय र जनताबाट पुरस्कृत ओली सरकारको विकल्प नहुनु दुर्रभाग्यपुर्ण र रहस्यमय रहेको बताउनुभयो । 

सांसद महन्थ ठाकुरले दिएको एक अन्र्तवार्तामा सरकार निर्माणमा कांग्रेस माओवादी क्लियर छैन भनेर अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दे उहाँले भन्नुभयो “म ठाकुरजी संग सोध्न चाहन्छु कि आज मधेसका जनताहरु संघीयता विरोधी सरकारमा जान चाहदैन । संघीयता र गणतन्त्रविरोधी सरकारमा जान चाहदैन ।”

सांसद स्मृति नारायण चौधरीले दिल्लीबाट चीनबाट ट्रेन आउँछ भनेर ओली सरकारले भ्रम छर्ने काम गरेको आरोप लगाउनुभयो ।

सांसद संञ्जय कुमार गौतमले बाघ, हात्ति र गैडाको आंतकले बर्दिया राष्ट्रिय निकुञ्ज आसपास मध्यवर्ती क्षेत्रमा रहेका बद्रियालीहरु प्रताडित भएको भन्दै मध्यवर्ती क्षेत्रमा कामगर्ने, पर्यटन व्यवसायी तथा स्थानीयको जीवनरक्षाको प्रत्याभुति गर्दै पीडीतलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।