६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीको तीन दिने घरदैलो अभियान सुरु



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी गराउने मतदाताहरुको सम्मानमा घरदैलो कार्यक्रम सुरु गरेको छ । आज बाट सुरु भएको यो अभियान आईतबार सोमबार पनि जारी रहने छ ।

निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा मतदातालाई धन्यवाद दिन मंसिर ४ गतेको निर्वाचनमा उम्मेदवार भएका सबैजना आ आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने तयारी रास्वपाले गरेको छ । संसदमा रास्वपाका २१ सांसद र पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य छन् । गत निर्वाचनमा रास्वपाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १३१ र समानुपातिकमा १०७ जना उम्मेदवार उठाएको थियो ।

रास्वपा सभापति रवि लामिछानेले न्युजपोलारसंग भन्नुभयो, ‘निर्वाचनमा मत माग्न गएजस्तै घर–घर टोल–टोलमा गएर धन्यवाद दिने र हामी प्रतिबद्धतामा अडिक छौँ भन्ने सन्देश दिनेछौं । उहाँले अगाडि भन्नुभयो, प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा जनताका गुनासा र सुझाव सुन्न घरदैलोमा भएको बताउनु भयो ।”

उहाँले भन्नुभयो “घरदैलो चुनावका बेला मात्र होइन, निरन्तर हुनुपर्छ । गत वर्षको मंसिर ४ र मेरो र स्वर्णीम वाग्लेजीको हकमा यसै वर्षको वैशाख १० गते ‘घण्टी’ मा मतदान गरी रास्वपालाई चौथो शक्तिका रुपमा स्थापित गरिदिनुभएकोमा धन्यवाद व्यक्त गर्दछौ । ”

उहाँले अगाडी भन्नुभयो “निर्वाचनको एक वर्ष पूरा भएको अवसरमा रास्वपा आभार व्यक्त गर्न फेरि घरदैलोमा जादैँ छौ , निर्धक्कका साथ सल्लाह र सुझाव दिएर हामीलाई निरन्तर खवरदारी र मार्गनिर्देशन गर्नुहुन अनुरोध पनि गरेका छौ ।”

घरदैलो कार्यक्रम अन्तर्गत मंसिर २, ३ र ४ गते आफूले गरेका कामको रिपोर्ट लिएर चितवन २ का जनताका घरदैलोमा जाने क्रममा फिल्डमा पुगिसकेको उहाँले जानकारी दिनुभयो ।

यही कात्तिक २३ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको थियो । २०७९ असार ७ मा स्थापना भएको रास्वपाले ६ महिना नपुग्दै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ स्थानमा विजयी हुनुका साथै समानुपातिकमा ११ लाख ३० हजार ३४४ मत प्राप्त गरी १४ सांसद विजयी भएका थिए ।