२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढी बजारमा आगलागी, सारथी अस्पताल सहित आठ वटा पसलमा ठूलो क्षति



अ+ अ-

धनगढी । धनगढीमा भीषण आगलागी भएको छ । गए राति १ बजे धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो ।

दल बहादुर भण्डारीले सञ्चालन गरेको जुत्ता तथा चप्पलको गोदाममा मध्यराति लागेको आगो फैलिदा एक अस्पताल सहित आठ वटा पसलमा ठूलो क्षति भएको छ ।

राति एक बजे आगो लागेको भएको क्षतिको बिबरण अझै प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले जानकारी दिनुभयो ।

आगोलागीबाट मधुमाला देवी सप ,भट्ट सपिङ्ग सेन्टर , सुभिक्षा देवी सपिङ् सेन्टर, न्यु सदिक्षा ईन्टरप्राईजेज भण्डारी सु –सेन्टर, सारथी अस्पताल र भट्ट ट्रेडर्स एण्ड सप्लायर्समा क्षती भएको छ ।

आगलागी पछि धनगढी उपमहानगरपालिकाका २ वटा,गोदावरी नगरपालिकाका एक, कञ्चपुरको पुनर्वास नगरपालिकाका एक गरी गरी ४ वटा दमकलले नियन्त्रणमा लिएको थियो ।

तस्बिरः सिद्धराज भट्ट / रासस