काठमाडौँ । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधिशभाको बिहिबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराउनु भएको हो ।
माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार संसद सचिवालयलाई पत्र पठाउदै उहाँहरुले दल त्याग गरेका कारण पदमुक्त भएको जानकारी गराउनु भएको थियो । नेकपा भित्रको विवादको समयमा चार सांसदले प्रधानमन्त्री ओलीलाई साथ दिनुका साथै पार्टी विभाजन पछि नेकपा एमाले रहेका छन् ।
पद मुक्तहुने हरुमा अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरी रहेका छन् । उहाँहरु वहालवाला मन्त्री पनि हुनहुन्छ।











