• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   ब्रह्माण्डीय लय सनातनको मूल: ‘ॐ’ ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा आधा दर्जन रिट पेश



काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि सरकारले लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट निवेदन पेश भएको छ ।

तिहार बिदापछि अदालत खुलेको पहिलो दिन नै सरकारको निर्णयमाथि चुनौती दिई कानूनव्यवसायीहरुले रिट निवेदन दर्ता गराएका हुन् ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु स्वागत नेपाल, सुनिल रन्जन सिह ,परशुराम पाण्डे, जगन्नाथ दुलाल लगायतले सरकारको निर्णय गैर कानूनी भएका दाबी गर्दे रिट निबेदन पेश गर्नुभएको छ ।

सबैरिटमा टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै सरकारको निर्णय खारेज हुनुपर्ने माग गरिएको छ ।

सर्वोच्चले टिकटक प्रतिवन्धविरुद्ध परेका रिटमा पहिलो पेसी मंसिर ४ गतेलाई तोकेको छ ।

सरकारले कार्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट सामाजिक सद्भाव खलबलिएको भन्दै टिकटकमाथ तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।