२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

रानीपोखरी बनेको कुराले किन हाम्रो टाउको दुख्दै छ ?- सांसद बस्नेत

रानीपोखरी बनेको कुराले किन हाम्रो टाउको दुख्दै छ ?-  सांसद बस्नेत
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ देखाउने काम नगर्न प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुलाई सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको विहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले राजनीतिक अस्थिरता, अन्यौलता र विभाजको स्थिति बनेको अवस्थामा अस्वस्थ्य खालका छलफल सदनमा चल्न थालेको टिप्पणी गर्नुभयो । 

उहाँले सांसद गगन थापालाई इंगित गर्दै विगतमा अभ्यास भएका, जाँचिएका, भोगेका र असफल सिद्ध भएका नेताहरुको चेलाहरुले भूमिका खेलिरहेको भनी कटाक्ष गर्नुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ देखाउने कतिपय साथीभाईहरुलाई म के भन्न चाहन्छु भने, यो बोकाको शैलीले दाईँ गरिदैन र दाईँ गर्नका लागि गोरुकै शैली चाहिन्छ र आज संसदमा सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले प्रतिनिधित्व गर्छ र प्रधानमन्त्रीले ल्याएका असंख्य योजनाहरुलाई हामीले सके सहयोग गरौँ । नसके बस्तुनिष्ठ ढंगले त्यसको विरोध गरौँ ।”

प्रधानमन्त्री राजनेताको रुपमा अगाडि बढ्ने लक्षण देखिदै आएको भन्दै उहाँले सरकारले गरेका विकास निर्माणकाका कामको विरोध गर्ने सांसदहरुलाई ‘मेरो निर्वाचन क्षेत्रमा सडक चाहिदैन’ भनी भन्न चुनौति दिनुभयो । उहाँले भन्नुभयो “ रानी पोखरी बनेको, धरहरा ठडिएको, भानु स्कुल बनेको कुराले किन हाम्रो टाउको दुख्दैछ ? एकदिनमा १ सय ९६ अस्पताल सिलन्यास भएको कुराले, १ सय ६४ वटा निर्वाचन क्षेत्रसंग सम्बन्धीत सडकहर रणनैतिक सडकको रुपमा सिलन्यास हुदा किन टाउको दुख्दैछ ? एउटा सांसद भौतिक पुर्वाधार मन्त्रालयमा धाएर एउटा सडक प्रस्तुत गर्छ । मेरो निर्वाचन क्षेत्रमा त्यो सडक चाहिदैन भन्ने हिम्मत छ भने हिम्मतका साथ भन्नुहोस् । ”

मेलम्ची, धरहरा लगायत निर्माण आयोजनाहरुको फेयरिस्त दिदैँ उहाँले सरकारले बैदेशिक व्यापार र गुमेको भूमि फिर्ता ल्याउन महत्वपुर्ण भूमिका खेलेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्नका निमित्त अख्तियारलाई बलियो बनाउने भूमिका खेलेको छ सम्पत्ति शुद्धिकरण कार्यालयलाई व्यवस्थित गरेको छ । 

राजश्व अनुसन्धान जस्ता कार्यालयहरु व्यवस्थित भएका छन् । अनि विगतमा भ्रष्टाचार गरेका नेताहरु अहिले फरार छन् । ती कुन पार्टीमा छन् खोज्नुहोस् । ती नेताहरु अहिले हामीलाई थुन्दैछ सरकारले भनेर गायव भईरहेका छन् । डराईरहेका छन् । टिभिमा इन्टरभ्यु दिईरहेका छन् । ती नेताहरु कुन पार्टीमा छन् खोज्नुहोस् । ”

राजनीतिक दलसम्बन्धी ऐन अनुसार दल फुट्यो भने मात्रै विश्वासको मत लिनुपर्ने भन्दै उहाँले प्रधानमन्त्रीको राजीनामा माग्नु “कुतर्क ” भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “कतिपय साथीहरुले भन्नुभयो । नेकपा विभाजित भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । यो कु तर्क हो । ”

उहाँले माओवादी केन्द्रले दिएको विश्वास फिर्ता लिन पनि नसकेको र अविश्वासको प्रस्ताव पनि ल्याउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “हिजो नेकपा एमालेलाई न पोथी न भाले भन्ने नेकपा माओवादी केन्द्रले आज न पोथी न भालेको अवस्थामा छ र उसले न विश्वासको मत फिर्ता लिनसक्छ, न अविश्वासको प्रस्ताव नै ल्याउन सक्छ ।”

उहाँले सभामुखलाई संसदमा सहभागी हुन प्रधानमन्त्री आएपनि सहभागी हुने वतावरण नमिलाएको आरोप लगाउनुभयो । उहाँले एक महिनाको दौरानमा ६ पटक बैठक बसेको र पहिलो दिनको बैठक नै ढिलो गरी सुरु हुदाँ ४५ मिनेट बसेर प्रधानमन्त्री फर्किएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “जुन दिन प्रधानमन्त्री ज्यु आउनुभयो । त्यो दिन सभामुख लगायत कार्यव्यवस्था समितिले ढिलासुस्ति गर्ने र आलटाल गर्ने । पहिलो बैठककै विषय हामी हेर्छो, अध्यादेश पेश गर्न नदिन माओवादी केन्द्रले वहिष्कार गर्यो । कांग्रेसले रोष्टम घेर्ने काम गर्यो । यो तितो यथार्थ र इतिहास हामी सबैले सम्झेका छौँ । 

यहाँ प्रधानमन्त्रीको अनुपस्थिति भयो सदनमा भन्ने ढंगले कुरा उठिरहेको छ । प्रधानमन्त्रीको राजीनामा जबरजस्ती पनि मागिदै छ । प्रधानमन्त्रीलाई गलहत्याउने पनि कुरा गरिदै छ । कतिपय युवा साथीहरुले प्रधानमन्त्रीसंग ठाडठाडै बस गर्ने चुनौति पनि दिईरहनुभएको छ । ”