३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्र बैंक : सार्वजनिक बिदाको दिनमा पनि बैंकहरू खोल्न निर्देशन



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको दिन पनि काउण्टर खोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । चैत मसान्तको राजस्व उठाउने भएकोले सार्वजनिक बिदाको दिन बैंक खोल्न निर्देशन दिएको हो ।

सरकारले राष्ट्र बैंकलाई बैंकको शाखा खोलिदिन आग्रह गरेपछि २०७५ असार २६ देखि नै प्रत्येक त्रैमासमा बिदाका दिन पनि शाखाहरु खुल्न थालेका हुन् ।

राजस्व तिर्ने सेवाग्राहीलाई बैंक बन्द हुँदा हुनसक्ने असहजतालाई मध्यनजर गर्दै त्रैमासको अन्तिममा २५ गतेदेखि मसान्तसम्म बिदा वा शनिबार भए पनि राजस्व संकलन गर्ने शाखा खोल्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै नेपाल राष्ट्र बैंक चेक क्लियरिङ गर्ने प्रयोजनका लागि सबै बैंक तथा वित्तीय संस्था, नेपाल क्लियरिङ हाउस पूर्णरूपमा खुल्ला गरेर राजस्व बुझ्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।