२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह
अ अ+ अ-

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डि८ समूहका सदस्य राष्ट्रहरुलाई कोभिड–१९ को खोपलाई थप सर्वसुलभ बनाउन आग्रह गर्नुभएको छ ।

सो समूहको बिहीबार आयोजित भर्चुअल सम्मेलनमा उहाँले सो आग्रह गर्नुभएको बताइएको छ । उहाँले हाल विश्वका कतिपय देशमा भ्याक्सिन राष्ट्रियता स्थापना गर्न खोजिएको जस्तो देखिएको पनि टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री खानले सो भर्चुअल सम्मेलनमा भन्नुभएको थियो– विश्वमा अहिले भ्याक्सिनजस्तो अति आवश्यकताको वस्तुको उपलब्धताको बारेमा अझ बढी कुरा उठाउनुपर्ने अवस्था आएको पनि बताउनुभएको थियो ।

उक्त समूहको १० औं सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री खानले कोभिड १९ का विरुद्धमा हाल विश्वमा प्रयोगमा आइरहेको खोपको उपलब्धतालाई अझ सरल र विश्वमा अति आवश्यकताको वस्तुका रुपमा सबैले पाउनुपर्ने बताउनुभयो ।

यस कार्यका लागि डि८ जस्तो समूह र यसका सबै सदस्य देशहरुले भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कोभिडका कारणले विश्वको अर्थतन्त्र गम्भीर अप्ठेरो अवस्थामा पुगेकोले त्यसलाई पुनप्राप्तिका लागि पनि यस समूहले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

त्यसका अतिरिक्त विश्वका कतिपय देशमा यो खोपको उपलब्धता निकै कमजोर भएकोले यस समूहका सदस्यहरुले औषधि जस्तो विषय विश्वका सबै देशका नागरिकले पाउन सकुन भनेर त्यस बारेमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले विश्वमा हाल कोभिडका कारणले ह्रास भएको अर्थतन्त्रका कारण धेरै क्षेत्रमा प्रभाव पारिरहेको पनि बताउनुभयो । त्यसका लागि पनि यो डि८ समूहले ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

डि८ समूहमा बंगलादेश, पाकिस्तान, टर्की, इजिप्ट, इन्डोनेसिया, इरान, मलेसिया र नाइजेरिया सदस्य रहेका छन् । बिहीबार आयोजना गरिएको १०औँ सम्मेलनको आयोजक राष्ट्र बंगलादेश रहेको थियो । रासस