२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरी आयरल्याण्डमा भएको हिंसाको युरोपेली आयोगद्वारा निन्दा



अ+ अ-

ब्रसेल्स । युरोपेली आयोगले संयुक्त अधिराज्यको उत्तरी आयरल्याण्डमा भएको हिंसाको निन्दा गरेको छ । बिहीबार सो आयोगले उक्त हिंसाको कडा शब्दमा निन्दा गरेको बताइएको छ ।

गएका केही दिनयता उत्तरी आयरल्याण्डमा भएका हिंसाका कार्यहरुको यस युरोपेली आयोग कडा शब्दमा निन्दा गर्दछ– बिहीबार सो आयोगले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ कि, यस्तो प्रकारको हिंसा कदापि मान्य छैन, यसबाट कसैले पनि केही प्राप्त गर्न सक्दैनन्, त्यसैले यस्ता हिंसात्मक गतिविधिहरु तुरुन्त रोकेर नागरिकको सुरक्षाको सुनिश्चितता हुनुपर्छ ।  

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि यस्तो खालका हिंसात्मक गतिविधिहरु तुरुन्त रोक्न आग्रह गर्नुभएको छ । उहाँले नागरिकका जे जस्तो सुकै मागहरु भए पनि ती सबै शान्तिपूर्ण वार्ताको माध्यमबाट गर्न सकिने भन्दै त्यसका लागि प्रयत्न गर्न आग्रह पनि गर्नुभएको छ ।

ब्रेक्जिटको विषयलाई लिएर उत्तरी आयरल्याण्डमा केही समय यतादेखि दंगाहरु भइरहेको बताइएको छ । प्रदर्शनकारीहरुले हिंसात्मक रुपमा आफ्ना प्रदर्शन गरिरहेका बताइएको छ ।

यस प्रदर्शनले हिंसात्मक रुप लिन सक्ने भन्दै यस्ता विरोधहरुलाई शान्तिपूर्ण रुपमा राख्न तथा सबै समस्याको समाधान वार्ताका माध्यमबाट नै खोज्न बेलायतका प्रधानमन्त्री जोन्सनले पटक पटक आग्रह गर्नुभएको छ । रासस