२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिन्दगी पीडा



अ+ अ-

जिन्दगी अनौठै अनौठा घटनाक्रमहरुले भरिएको सिकारु कालीगडको घैटोजस्तो लाग्न थालेको छ ।  मैले जाने बुझे देखि जिन्दगी कहिल्यै सहज भएन । असहज र विषम् अवस्थामै सहजताको अनुभव गर्ने बाहेक आनन्दको सास फेर्न सकिएन । सिङ्गो सहजपनको अनुभव मैले आजसम्म गरेको छैन । मेरो जिन्दगी र पहिरोमा अडेका ढुङ्गा उस्तै उस्तै लाग्छ । टाढाबाट हेर्न अति सून्दर लाग्ने तर नजिक जान कोहि नसक्ने । विगत पैतालीस बर्ष अघि देखिका घटनाहरुलाई मैले एक एक गरेर सम्झन सक्छु । कम्तिमा आठ वर्ष उमेर यताका घटनाहरुलाई मैले सम्झन सक्छु । मान्छेले रमाईला र खुशीका क्षण समयक्रमसंगै भुल्दो रहेछ ।

छालामै टासिए झै गरेर रहेका दुखका क्षणहरु त भुल्छु भन्दा पनि नसकिने रहेछ । यी दुःख र कष्टलाई रात दिन सिरानीमा राखेर नयाँ खुशीको सम्भावना खोज्नु पर्ने दुखीयाको नियति नै । म आठ बर्षको थिए । सबै साथिहरु चराजस्ता लाग्थे । किन किन ममा उदासिमात्र थियो । आमा बा असल हुनुहुन्थ्यो । मलाई उहाँहरुको माया पनि अगाध थियो , तैपनि म भित्रै देखि शुखी थिईन ।छ –सात वर्षको उमेर देखिनै मैले बाका दुःखबारे एक्लै अनेक सोचेर बस्थे । सरस्वती र निर्मलीका बाले लगाएका कपडा र मेरा बाले लगाएका कपडाको तुलनामै म घण्टौ चिन्ता गरिरहन्थे ।

बाले घुडामा टालेको सुरुवाल र टुप्पि देखिने फाटेको टोपी  लगाउनु हुन्थ्यो । जुन मलाई दुःखीत गराउने विषय थिए ।   दुःख गरेर खान पुग्ने परिवार थियो । बा , आमामा कुनै महत्वाकाँक्षा थिएन । आफ्नै खेतवारीमा फले उब्जेको बाहेक हाम्रो घरमा केही भित्रदैन थियो । बजार नजिक थियो । हिडेर आधा घण्टामा पुगिने । हाम्रो गाउँमा विजुली थिएन  । त्यसो त बजारमा पनि थिएन । पाँच वर्षदेखि पोल गाडिराखेको थिो । कति पोल बाङ्गिसकेका थिए त कति भुईमै लडेका थिए । सहरसंगै मेरो गाँउ पनि अध्यारो थियो । 

वुटवलबाट ट्रयाक्टर आउथे । कम्तिमा  दिनको दश बाह्रवटा । सागुरो धुलेबाटो । ट्रयाक्टर गुडेको आवाजले हाम्रोघर थर्किन्थ्यो । घर के भन्नु झुपडि भने पनि हुन्छ ।अहिले याद गर्छु सिंगो घर  लम्बाई चौडाई पन्ध्र- पन्ध्र फिटको थियो होला । एउटा कुनामा पकाउने चुल्हो । अर्को कुनामा सुत्ने ओछयान । बा होचो कदका हुनुहुन्थ्यो । सिधा साधा । आफ्नो काममा लगनशील ।धेरै नबोल्ने । गाउँका सबैलाई सहयोग गर्ने । सित्तैमा सबैको काम गर्दिने भएकाले होला , सबैको प्रिय ।  

म सानै देखि राम्री थिए । हलक्क बढेकी । आठ वर्षकै उमेरमा छाति उठेका थिए । सबै मास्टरले मलाई च्याप अंगालो मार्दथे । अरु साथिहरुलाई यसरी अंगालो नमार्ने तर मलाई मात्र , म भित्र भित्र खुशी हुन्थ्ये । अरु साथिहरु मलाई अंगालो मारिरहदा ईश्च्याको कालो अनुहारमा हाँस्ने प्रयास गर्दथे । शरिरसगै मेरो व्यवहार पनि परिपक्क थियो । घरका सबै काम गर्दथे । आमा बाको खुबै ख्याल आउँथ्यो । वल्तिरका ठूला बाले मललाई नै देखाएर सानीलाई सक्दो गाली गर्नुहुन्थ्यो । सानी मसंग सधै रिसाउँथि ।  

बाको अनुहार हँसिलो कहिल्यै थिएन । मंसिरको दोस्रो हप्तातिर बा अलि बडी चिन्तित देखिन थाल्नु भयो । मैले बासंग धेरै कुरा गर्दिन थिए ा आमा त मुस्किलले दिनभरमा बासंग आधा घण्टा पनि बोल्नु हुन्थ्यो कि । त्यो बेलाको समय नै त्यस्तै । लोग्ने स्वास्नी अरुले देख्ने गरि नबोल्ने ।  छोराछोरीहरु बासंग डराउने समाजमै संस्कृति जस्तो बनेर देखिएको थियो । यो चलन गा्रमीण पहाडमा ४६ सालको राजनीतिक परिवर्तन सम्म पनि रह्यो । संस्कार जस्तो यो चलन त्यस पछि विस्तारै कम हुदै गयो  ।

लाहुरबाट आएकाहरु छोराछोरीसंग झिम्मिने र स्वास्नीसंग गफिन खोज्ने गर्दथे तर छोरोछोरी र स्वास्नी नै कुरा गर्न आगाडि सर्दैन थिए । त्यो समय अहिले सम्झदा विरक्त लाग्छ । कसले निर्माण गरेहोला त्यस्तो प्रावधान । बाको चिन्ता बढ्दै गएको मैले पुरा बुझेकी थिए । आँट गरेर बालाई सोधे । बा तपाईँलाई के भयो ।म कुरा गर्न भने जान्दथे । दःुखमा जीवन विताउनु पर्नेले सानै देखि दुःखका बारे व्याख्या पनि गर्नसक्दो रहेछ भन्ने मलाई यतिबेला लाग्नेगर्दछ । 

बा जीवन त दुःखै दुःखभित्र लुकेर बसेको सानो सुख खोतल्ने एउटा संघर्ष हो । हामी त्यही सघर्षमा छौ ।म पनि ठूली हुदै छु । तपाई किन चिन्तामा मात्र बस्नुहुन्छ । निर्मलाको बा जस्तो किन हुनसक्नु हुन्न । मैले थुप्रै प्रश्न गरे । बा बोल्नु भएन । म झन झन चिन्तामा परे । दिन भर एक्लै रुहे । बाको अति मायालाग्थ्यो । बा सधै खुशी भईदिए म कति खुशीहून्थ्ये होला जस्तो लाग्थ्यो । साँझ मलाई खान मन लागेन । गुन्द्रुक र मकैका च्याख्ला पकाउनु भएको थियो आमाले । म त्यसै सुते । निद्रा लागेन । राति बाले आमासंग कुरा गरिराख्नु भएको रहेछ । कहिल्यै यसरी बा , आमामा कुरा भएको सुनेकी थिईन । 

बा सोझो भएपनि आधुनिकतासंग परिचित हुनुहुन्थ्यो । अझ मलाई पढाउनु र उमेर पुगेपछि विहे गरिदिनु बाको ठूलो धोको थियो । कुरा गर्दा सधै मधुरो स्वरमा बोल्ने बा मेरो पढाई र विवाहका कुरा गर्दा निकै जोशिनु हुन्थ्यो । त्यति बेला म खुब रमाउथे । बा सधै यसै गरि बोले त हुने नि भन्ने लाग्थ्यो । सरेलाई खनाल बाले मागेका छन् । म सरेको विवाह गरिदिन सक्दिन खनालबासंग त के भन्छस , बाले भन्नु भयो । कसका लागि मागेका , आमाले प्रश्न गर्नु भयो । आफ्नै लागि । मेरो सातो गयो । अब बाले के गर्नु हुन्छ होला ।  

अस्पतालमा बच्चा जन्माउने चलन त्यति थिएन । बाले भारतबाट ल्याएको रेडियोबाट सुत्केरी हुदा अस्पताल लानु पर्छ भनेर खुबै प्रचार आउँथ्यो । हामीले पनि स्कुलमा परिवार नियोजनका बारेमा पढ्नु पर्दथ्यो । म जन्मदा बाले आमालाई अस्पताल लानुभएको रहेछ । प्रसुतीका लागि अस्पताल  जाने गाउँकै  पहिलो महिला आमा हुनुहुदो रहेछ । अस्पताल नलगेको भए आमा र म दुवै नरहने रहेछौ । त्यस अबस्थामा पनि बाले देखाउनु भएको विवेकी पनकाट म सधै उहाँप्रति नतमस्तक हुने गरेकी हुन्छ । निकै ठूलो खर्च भएछ  म जन्मदा । खनाल बा संग त्यति बेला पचचास हजार रुपैया रिन लिनु भएको बाले आजसम्म पनि ब्याज तिरिरहनु भएको छ । एकै चोटी साबा तिर्न नसकेका कारण सावा घटाउन खनालबा मानिरहनु भएको छैन । 

आमालाई अस्पताल लगेका कारण आमाको अपरेशन गर्नु परेको भन्दै आफन्त र छिमेकले गालि गरेको मैले पनि कति पटक सुनेको छु । म जन्मिए पछि भाई जन्मियौ । आमालाई त्यतिबेला पनि अस्पताल नै लानुभयो बाले । राम्रो भैसी थियो भैसी मर्यो । बा विरामी पर्नु भयो वितेका दशवर्ष मा बा  आर्थिक समस्याले पीडित हुनु भएको छ । कमाई कहिल्यै बचेको छैन । घरमा अभाव पनि कहिल्यै देखाउनु भएको छैन । 
खनाल बाले छोरी दिन साहै्र गरेका छन् । म यस्तो पाप कर्म गर्न सक्दिन । खनाल बाका पैसा तिर्न पनि यतिबेला सकिदैन । कस्तो अफठ्यारो आइृलाग्यो मलाई । बाले लामो सास तान्नु भयो । 

मेरो निन्द्रा हराई सकेको छ । बाले आमासंग यसरी दुःख सुखका कुरा गरेको पहिलो पटक सुनिरहेको छु। बा दिनप्रति दिन दुब्लाउदै जानु भयो । विहानै बेलुका ६५ वर्षे खनाल बाका लागि मलाई माग्न आउने गाउँलेको भिड बढिरयो । एक दिन रामु काकाले खनाल बाजस्तो राम्रो मान्छे पाउनु भाग्य हो । किन मात्तिन्छौ ए दाई मात्र भन्न भ्याएका थिए , बाले अगेनाको अगुल्ढो टिपेर हानिहाल्नु भयो । अर्को दिन देखि गाउँ सारा हुरी बनेर हामीलाई लखेटन थाल्यो । खनालबाका पैसा नतिरि नहुने भयो । बाले खनालबाकै पैसा तिर्नलाई खेत बिक्रिमा राख्नु भयो । खेत कसैले किनेन् । खनालबाकै डरले । बा सुकेर दाउरो जस्तो देखिन थाल्नु भयो । 

मंसिरको चिसो दिन थियो । बाले सदा भन्दा घासको सानो भारि   बोकेर घर आउनु भयो । बाको अनुहार रातो पिरो देखिएको थियो । मैले भने बा के भयो । केही भएको छैन छोरी  भन्दै बाले च्याप समाउनु भयो । राम्ररी पढ है हप्काए झै गरेर भन्नु भयो । म खुशीले दंग थिए । बा घर भित्र पसेर सुत्नु भयो । यसपछि बा कहिल्यै उठ्नु भएन । एक नासले बालाई ज्वरो आईरह्यो । गाँउलेका लागि सधै मरिमेट्ने बालाई  अस्पताल पुर्याउने कोही भएन । एक दिन भर लाग्ने मावली गएँ मामालाई लिन । मामा र म भोली पल्ट साँझमा घर आउँदा आमाले बालाई बाहिर तुलसीको मठमा सुताई रहनु भएको रहेछ । आमा र गाउँका केही केटाकेटीहरुमात्र थिए  । 

त्यसबेला समाज आजको जस्तो थिएन ।महिलामाथि अनेक बन्धन थिए । घरको वातवरणले होला ममा अर्कै खाले चेतना आएको थियो ,आज सम्झन्छु । त्यस रात रोएरै वितायौ । मलाई त संसारमै आगो लागेजस्तो भयो । मनै थाम्नै सकिन ।आमा भने बेला बेला मामासंग कुरा गर्दै हुनुहुन्थ्यो ।  बेला बेला आमाको पीडा असैह्य थियो । डाको छोडेर रुनुहुन्थ्यो । आमा रुदा गोठका गाई भैसी पनि कराउँथे । गाउँका कुकुरहरु जोड जोडले भुक्दथे । आमा विस्तारै रुन छोड्नु हुन्थ्यो । गाउँका कुनै पनि मान्छेले हाम्रो यो विपत्तिलाई वास्ता नगरेको देख्दा बा ठूलै अपराधि हुनुहुन्थ्यो । उहाँको अवसानमा गाउँ शान्त छ  झै लाग्दथ्यो । मामाले पनि गाउँले नै एकोरो हुने गरी ज्वाईले के गर्नु भएको भनेर पटक पटक प्रश्न गरिरहनु भएको थियो । आमाले कुनै जवाफ दिनु भएको थिएन ।  

विहान चार नबज्दै गोठबाट भैसी  करायो दुरुस्त मान्छे रोए जस्तो गरि । मैले भने मामा बालाई ढाडमा बोकेर खोला झारौ । सगरमा पुग्न घर देखि एक घण्टा लाग्दथ्यो । मामाले मान्नु भएन । आमाले के कोचेर हो हो दाई तपाईले उहाँलाई ढाडमा बोक्नुस । अध्यारोमै सगर झरौ । मामले धेरै बेर सोच्नु भयो र रुदै बालाई अफ्रठयारो गरेर ढाडमा बोक्नु भयो । मैले र आमाले डोकोमा दाउरा बोकेर झरेयौ ।  दाउरा छोडेर आमा र म घर आयौ । दश बजे तिर मामा घर आउनु भयो । अनेत्रबाट मान्छे घाटमा गएछन् । ७० –७५ जनाको नाम मामाले मलाई दिनु भयो । आज सम्झदा ज्यान सिरिङ्ग हुन्छ । 

मामा अर्को दिन  घर जानु भयो । आमा किरिया बस्नु भयो । मैले काम गरे । गाउँका मान्छे कोही नआएको देख्दा गाउँमा एक छिन पनि बस्न मन थिएन । जाने ठाउ पनि त कहाँ थियो र । खनालबाले गाउँलेलाई के भनेर रोके होलान । ३५ घर परिवारको मन कसरी बाधे होलान आज पनि सम्झिरहन्छु । १३औँ दिनमा आमाले र मैले घरै छेउको पीपलमा पानी चढाएर बालाई सम्झियौं ।मान्छेलाई विपत्तिले नै दिदोरहेछ आँट र भरोसा । त्यो समयमा आमाले यस्ता आँटिला काम गर्न कसरी सक्नुभयो  ।  मेरो आमा महान हुनुहुन्छ यति बेला म अचम्ममा परेको छु । 

बा वितेको एक महिना पछि फाट्फुट्ट मान्छेहरु  आउन थाले । यतिबेला ठूलो सजायबाट मुक्त भएजस्तो अनुभव भयो । म केटाकेटी भएर होला गाँउलेको सबै व्यावहार मैले भुलिसकेको थिए । आमा सबैसंग कम बोलिरहनु भएको थियो ।शोकले होला आमाका आँखा र अनुहार सधै रोएजस्ता  देखिन्थे ।

बा वितेको आज ४५ दिन भएको थियो । आमा आज ४ बजे नै उठि सक्नु भएको थियो । आमा उठेको चाल पाएर पनि म अ‍ोछ्यान मै सुति रहेकी थिए । पाँच बजे तिर होला आमाले बा को फोटोमा वत्ति बालि दिनु भयो । निकै बेर बाको तस्बीरको छेउमा आमा बसिरहनु भएको थियो । म पनि उठेर आमा छेउ पुगे । आमा त रोएर पो बसिरहनु भएको रहेछ । मसंग आमासंगै रोएर आमालाई साथ दिने सिवाय कुनै उपाए थिएन । 

दिउसो रामुकाका आउनु भयो ।बाकै उमेरका काका घरमा आउदा बा आएजस्तै लाग्यो । तर बाको लास उठाउन पनि नआएका काका ४५ दिनका दिन आएकाले मैल उहाँसंग बोल्न सकिन । आमाले त वास्तै गर्नु भएन । मलाई डर लागिरहेको थियो । खानाल बासंग मेरो विवाह गर्नका लागि काका आउनु भयो होला भनेर म लुगलुग कामे । आमाले वास्तै नगरे पनि काकाले आमालाई बोलाउनु भयो । भाउजु खनालबा संगको सम्बन्ध राम्रो हुन्छ यो तपाईहरुको भाग्य हो । काका सम्झाउदै हुनुहुन्थ्यो । आमाले बहुलाही जस्तै गरेर तेरी छोरी दे , भन्नु भयो । 

रामुकाकाकी छोरी रमिला मेरो साथि थिई । हामीसंगै पढ्थ्यौ । आमाका कुरा सुनेर काका रिसाउनुको साटो झनझन  नरम हुनु भयो । खनालबा तपाईसंग पनि विहे गर्न तयार हुनुहुन्छ । छोरीको पनि भविश्य बन्ने , भाउजु सोच । रामुकाकाको यो कुरा सुन्ने वित्तिकै आमा रुनु भयो । त्यस्तो अनुहार मैले आमाको त्यस अघि कहिल्यैे देखेकी थिइन । 

भोलि पल्ट देखि आमा विरामी हुनु भयो । आमा सुतेको सुतै २६ दिनमा वित्तनु भयो । आमा वितेका बेला गाउँले सबै आए । सबैले माया गरे उनीहरुको मायाले मलाई कुनै असर गरेन । आमा मरेका चिन्ता र पीडा भन्दा पनि खनाल बाको अनुहार सम्झिरहेको थिए ।

दिउसो आमालाई बालाई लगिएको सगरमा लगेर अत्यष्टि गरेर चार बजेतिर सबै गाउँले घरमा आए । ८ बजेको थियो घर शून्य शूनय बन्दै थियो । रामुकाका र रमिला मसंगै बस्नु भयो । दुई दिन सम्म यसै गरि बस्यौ । मामा आउनु हुन्छ कि भन्ने ठुलो आशा थियो । विपत्तिको यो सुनामी मामाले थाहा नै पाउनु भएको थिएन होला । कसैले खबर पुर्याउन मानेनन् । 

बा एक्लो सन्तान भएकाले पनि मलाई थप संकट परेको थियो । कान्छा हजुर बाका सन्तान त थिए । उनीहरु खनालबा भन्दा अप्रिय लाग्दथे । म माथि आकाश घोप्टिएको थियो  ।उनीहरुलाई जीवन कै सबैभन्दा रमाईलो लागेको थियो । 

तीन दिन पछि मलाई खनालबाको घरमा लगियो । म विवश ,थिए । मेरा भन्ने मान्छे अब संसारमा कोही थिएनन् । बलजफ्ती खनाल बालाई मैले आफ्नो बनाउनु थियो ।खनाल बाका पचास वर्षका छोरा हिमलालदाइ अरु भन्दा अलि सजिलो लाग्थ्यो । बाको मृत्युमा उहाँको व्यावहारले उहाँप्रतिको विस्वास पनि त्यति थिएन । मान्छे विपत्तिमा त संगती खोज्दोरहेछ । तै पनि  मैले हिमलालदाइ जस्तो आफ्नो मान्छे कसैलाई देखिन । साँझ उहाँसंग कुरा गरे । म छ कक्षामा पढ्दै थिए । भोली देखि स्कुल जान चाहन्थे । हिमलालदाइसंग स्कुल जाने कुरा गर्दै थिए । खनालबाले मीठो स्वरमा भन्नु भयो– जाउली भोली देखिन नै ।

मलाई त बाले बोले जस्तो लाग्यो। त्यस रात खनालबाले मलाई काखमा राखेर सुताउनु भयो । शरिरबाट अमिलो गन्ध आइरहेको थियो । म डराइ रहेको थिए । मैले सासै सासले भने बा मलाई स्कुल जान दिनुस है । हुन्छ कान्छी हुन्छ । खनाल बाले भने ।म लुग लुग कापिरहेको थिए । म भोली देखि स्कुल जान थाले । स्कुलमा साथिहरुले तिम्रो त विवाह भयो रे भन्थे । म बोल्न सक्दिन थिए । आखा भरि आशु पारेर अवाक हुन्थे । 

छ महिना पछि खनालबा वित्तनु भयो । साँझ सुत्दा राम्रै हुनुहुन्थो  । राति स्वा स्वा गरेजस्तो गरेको मैले सुनेकी त थिए । निन्द्रमा घुर्नु भएको होला भनेर वास्ता गरिन । विहान सधै चार बजे उठ्ने खनालबा सात बजेसम्म पनि नउठ्दा मैले उठाए । तर जाग्नु भएन  हिमलालदाइलाई बोलाएर उठाउदा त बा मर्नु भएको रहेछ । छ महिनासम्म मा म खनालबाको मन भित्र पसेको रहेछु । मैले लोग्नेमान्छेको सम्पुर्ण हरक पनि वेहोरीसकेको थिए । खनालबाको मृत्युले ममा ठूलो पहिरो गए जस्तो भयो । वारिपारि गाउँबाट  मान्छे जम्मा भए । खनालबालाई सगरतिर लगियो । म घरमा बसेको थिए । दिउसो घरबाट निस्किए । मलाई फेरि अर्कै बुढामान्छेसंग गाउलेले विवाह गरिदिन्छन भन्ने लाग्यो । मनमा अनेक त्रासहरु पैदा भए  ।

स्कुलमा हेडसर नेता पनि हुन भनेर खुब हल्ला चल्थ्यो । सबै सरहरु बचि राजनीतिका कुरा हुन्थे । राजा वीरेन्द्रका बारेमा पुस्तकमा राम्रा , राम्र कुरा लेखिएका हुन्थे तर सरहरुले सामन्ती भनेर पढाउथे । हामी बुझ्दैन थियौ । मैले त परिक्षमा राजाका बारेमा लेख्दा सधै सामन्ती लेख्थे । बुझेर होईन सरहरुले पढाउदा भनेको सुनेर ।यो गाउँमा त रजानीतिक चेतना बढि छ । यहाँ आर्मी पुलिस आउनै सक्देनन् भन्नुहुन्थ्यो सरहरु । 

मेरा मनमा हठात यस्ता थुप्रै कुराहरु आए । राजनीतिक चेतना बढि भएका ठाउँमा बा आमा मरेकी केटीलाई बुढासंग विवाह गरिदिने रहेछ भन्ने लाग्यो । साठ्ठी वर्षका खनालबासंग अभ्यस्त हुदै थिए । नियतीले उनकाखामा पुर्याएको थियो । खनालबाको छ महिनाको अंगालो मलाई जति अप्रिय लागे पनि त्यसले त्यति नै परिपक्क पनि पारेको रहेछ । म आटिलो बने छु । अब मैले अर्को बुढामान्छेलाई पतिबनाउनु हुदैन भन्ने लाग्यो । 

मैले अहिले नै गाउँ छोड्ने निधो गरे । म खनालबा का मलामी  घर नर्फदै गाँउ बाट हिडे  मावली तर्फ । बाटोमा जादा जादै मावली तर्फ खुट्टा लागेनन् । म पहिला पनि मावली त्यति जादिन थिए । त्यस साँझ मगर गाँउमा बास बसे र भोली पल्ट म सदरमुकाम आए ।सानी आमा हुनुन्थ्यो । आमा भन्दा तीन वर्ष कान्छी । उहाँसंग साता दिन बसे पछि मैले स्कुल पढ्दै होटलमा भाडा माज्ने र खाना पकाउने काम पाए ।यसै गरि  मैले एस एल सी पास गरे ।   

मैले मात्र दुःख पाएकी हुँला जस्तो लाग्थ्यो । कति म जस्ता केटीहरु भेटे जसका दःख अगाडि मेरा दःुख  फिका जस्ता लागे । केटी भएर जन्मनु दुखकै लागि रहेछ भन्ने पनि लाग्यो । आफ्नै दाजु , काकाबाट  बलात्कार गरिएका र समाजले उनीहरुलाई नै दोषलगाएर बहिष्कार गरेका  थुप्रै अभागिहरु मैले देखे । उनीहरुका अगाडि मेरा दुःख अति पातला जस्ता  लागेर त म आज सम्म बाचेको छु । 

केटीहरुमा भएका शारिरिक अंग  र अनुहार नै उनीहरुका लागि अभिषप बनिदिँदा रहेछन् । बरु यी कुनै पनि अंग नभएको भए । केटी भन्ने जात कुरुप भईदिएको भए । कम्तिमा पीडा बाट बच्न सक्थे होला घरि घरि मेरा मनमा यस्तै कुराहरु खेल्ले गर्दछन् । जझ मदिराले ढुङु ढुङति गनाएको दाजुबाट बहिनि बलात्कृत भएपछि गाउँका भलाद्मीले बहिनीको दोष देखाएर गाँउ निकाला गरेको पीडादायी रश्मीको घटनाले मलाई महिला हुनुको अपराधबोध भईरहेको छ । समाज जहाँ गए पनि त्यही एउटै अनुहार बोकेर बस्दो रहेछ । मैले मेरो जन्म घर छोडेर पीडा बाट उन्मुक्ति पाएको भ्रम मात्रै रहेछ । पीडाका डरलाग्दा कुरुप छायाहरु त घर छोडे पछि न भोगे , देखे । 

म जीवन देखि नथाकि यहा सम्म त आएँ । अब उप्रन्त संघर्ष गर्न सकुला नसकुला म अन्योल मा छु । दुःख नामका सबै सबै रुपहरुलाई देखेको मैले २० बर्षको उमेरमा दोस्रो विहे गरे । समाजका आखामा दोस्रो थियो । मेरो त पहिलो विवाह नै थियो । करिब ३५ वर्षसम्म मैले श्रीमानको साथ पाए । यस बिचमा चार सन्तानको आमा पनि म भए । 

गत वर्ष श्रीमान वित्नु भयो । दुई छोरीको विहे भईसकेको छ । छोराहरु आफ्नै ध्याउन्नमा कता छन कता । विदेशको चक्करले छोडेको छैन । ५७ वर्षसम्म जीवनलाई अनेक ढंगबाट छामे । अब धेरै बुझने रहर पनि छैन ।बाच्न रहरले सकिन्छ होला तर मर्न रहरले सकिदैन रहेछ । 
जन्मिएको घर । बाले कमाएको सम्पति कसले भोगेको होला आजभोली यी कुराले सताउन थालेको छ । मन मा हर समय हुरी मडारिन्छ । जीवन रन्थनिएर बलेको सुकेको बाँसको कप्टेरा जस्तै छ । 

मुलुकमा अनेक परिवर्तन भए । महिलाका नाममा ठुला ठूला सरकारी निर्णयहरु पनि भए । सशश्त्र युद्धमा महिलाले काधमा  एसएलआर बोके । कति पुरुषलाई बोका रेटे झै महिलाले नै रेटे । पुरुष नामधारी मान्छले महिलालाई दिएको पीडा सम्झदा ती किशोरीहरुले जो सुकै पुरुष किन नहोस घाटी रेटेको दृष्य देख्दा आफैले संसार जितेको जस्तो लाग्थ्यो । त्याँहा पनि कथा अर्कै रहेछ । नेताबाट बलात्कुत हुनु , बाबुको आडमा छोराले सम्बन्ध विच्छेद गर्नु समान्य रहेछ । कथा अझ विकराल बन्दै गएको रहेछ । सतीप्रथा हटाएका चन्द्र सम्शेरको तस्वीरलाई पुजा गरिरहेका महिलाले प्रत्यक क्षण मरेर बाचेको पुरुषले कहिल्यै देख्दा रहेनछन् । देख्न खोज्ने पुरुष मेरा बाको जस्तो हविगत हुदोरहेछ । 

आज मुलुकमा गणतन्त्र आएको छ । भण्डै आधा लाख महिलाको जनसङ्ख्या रहेको तथ्थाङ्क विभागले सार्वजनकि गरेको छ ।  महिला दिवसका अवसरमा प्रधानमन्त्रीले महिला समानताका नाममा सन्देश सिंहदरबारबाट पढिरहदा मलाई भने बोक्सिको आरोपमा मलमुत्र खुवाईदै थियो । त्यसको अघिल्लो दिन म भन्दा करिब वीस बर्ष कान्छो बीरबहादुरले विवाह गर्न राखेको प्रस्ताबले म स्तब्ध थिए । छोराजस्तो लाग्ने बीरबहादुरले दिएको घाउ सेलाउन नपाउदै यो साँझ एक हुल मान्ेछ आएर बोक्सिको आरोपमा लछारपछार गर्न थाले । संगै थिए राजनीतिक दलका स्थानीय नेताहरु । मलाई मलमूत्र ख्वाइरहदा  महिला हिंसा विरुद्धमा उनीहरुले गरेका चर्का भाषण सम्झदै थिए । मलाई जोडले रिङगटा चल्यो म बेहोस भएछु । विउँझदा  बाँकी जीवनलाई अझै कता भगाउँ मेरा दिमागमा फेरि अर्को पीडा थपिएको थियो  ।