५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्: बालेन साह



file photo
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले टिकटक बन्द गर्ने सरकारी निर्णय समाधान नभएको जनाउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत मेयर शाहले मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् भन्दै सरकारको निर्णय पुन बिचार गर्नुपर्ने बताउनु भएको छ । उहाँले टिकटक मात्र नभई अन्य सामाजिक सञ्जाललाई अनुगमन , नियममा ल्याउनुपर्ने जनाउनु भयो ।

मेयर साहले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

यदि तपाईँहरू टिकटक चलाउनुहुन्थ्यो भने धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ुटिकटक लाइभु गरेको देख्नु भयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन् । जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।

हामीले यस्ता फेक आइडी बन्द गर्न टिकटकलाई पटक पटक अनुरोध गर्‍यौ । नेपाल प्रहरीको साइबर ब्युरोमा पनि गुहार्‍यौ । नेपाल दूरसञ्चार प्राधिकरण पनि गुहार्‍यौ । सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता फेक आइडी हटाउने र मिथ्या सूचना रोक्ने कुरामा ध्यान नदिएको अवस्था थियो ।

मेरो व्यक्तिगत रूपमा धेरै नै फेक आइडिले गर्दा शुभचिन्तकहरूले दुख पाउनु भएको अवस्था थियो । तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन ।

यसले विकृति मात्रै ल्याएको मात्र छैन, धेरै नयाँ उद्यमीलाई आफ्नो बजार प्रवर्द्धन गर्ने थलो भएको भएको छ । साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठुलो platform भएको छ । यति मात्रै हैन टिकटकले नेपाली गीतसङ्गीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको पनि छ ।

अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला । अब भनेको करको दायरामा ल्याउने र टिकटक मार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो ।

अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन, अब यो बन्दलाई टिकटकसङ नियमन गर्नलाई दह्रो आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् ।