४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पुजा गर्न गाईवाच्छा संरक्षण केन्द्र गोठाटारमा सर्वसाधारणको भीड

पुजा गर्न गाईवाच्छा संरक्षण केन्द्र गोठाटारमा सर्वसाधारणको भीड
अ+ अ-

काठमाण्डौ । दुध नदिई थारो भयो या रोग लाग्यो उपचार गर्नुपर्छ भनेर अनि गाईले वाच्छीको साटो बाच्छो पायो भनेर त्यसलाई सडकमा छोडिदिने निर्दयी मानिसहरु पनि गाई र गोरु तिहारको दिन उनीहरुलाई पुजा गर्न गाई गोरु खोज्दै गाईगोठ पुग्ने गरेको भेटिन्छ ।

हिन्दु नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको तेस्रो दिन लक्ष्मी पुजा/गाई तिहार र चौथो दिन गोरु तिहार/गोवद्र्धन पुजाको बेलामा गाई र गोरुको पुजा गरेमा पुण्य कमाइने किंवदन्ती रहेकोले पनि गाई गोरु खोज्दै गोठसम्म धाउने चलन नयाँ भने होइन् । नत्र किन जान्थे र ?

पछिल्लो समय शहरमा दुधको लागि शौखले गाई पाल्ने वाहेक गाइवाच्छा पालेर जीविका चलाउनेहरु नगन्य भेटिन थालेका छन् । त्यसको साटो आधुनिकतासंगै नयाँपुस्तामा गाईवाच्छा बेचेर भएपनि कुकुर पाल्ने प्रवृत्ति बढीरहेको छ । विगतको हेरिकन अहिले शहर नजिकका गाउँहरुमा पनि मुश्किलले गाई गोठ देख्नि पाइन्छ ।

गाईवस्तु पाल्ने पेशा धेरैले अंगाल्न छोडिसके 

लक्ष्मी पुजा तथा गाई तिहारको दिन सोमबार एकाविहानैदेखि दिनभरीजसो नै कागेश्वरी मनोहरा वडा नं ९ गोठाटारस्थित असहाय गाईवाच्छा संरक्षण केन्द्रमा आश्रीत एउटी गाई र १४ वटा कोरेली वाच्छीलाई पुजा गर्ने स्थानीय वासिन्दादेखि अन्य ठाउँबाट पनि धेरै मानिसहरु आएको सो केन्द्रका संस्थापक उत्तम पुडासैनीले बताए ।

वर्षको अन्य ३६३ दिन सडकमा वेवारिसे अवस्थामा भेटिएका गाईवाच्छाको उद्धार गर्न केन्द्रका संस्थापक पुडासैनी र अन्य सदस्यहरु पशु एम्बुलेन्स लिएर पुग्नेगर्थे भने बाँकी दुईदिन अर्थात गाई र गोरु तिहारमा भने सर्वसाधारणहरु आफ्नो सवारी साधनमा पुजाको सामान र गाईवाच्छालाई खुवाउन खानेकुरा लिएर सो गाईगोठमा पुगेका हुन् ।

गाईवस्तुमा लाग्ने सरुवारोग लम्पी स्किन लागेर जीवन मरणको दोसाँधमा सडकमा भेटेर उद्धार गरि उपचार गरेपछि ती गाईबाट गत असोजको अन्त्यतिर एउटा वाच्छी जन्मिएकी थिइन् । सो गाई र तिनीबाट जन्मेको कोरेली वाच्छी गाई तिहारको दिनमा सबैको आकर्षणको केन्द्र बनेको थियो ।

केन्द्रले सोमबार लक्ष्मी पुजा र गाई तिहारको दिन सो गाई गोठमा आयोजना गरेको देउसीभैलो, शुभकामना आदानप्रदान तथा गाई पुजा कार्यक्रममा विभिन्न व्यक्तिहरुबाट एकलाख रुपैयाँ बराबरको पिठो, भुसा, नुन आदि जस्ता खाद्यान्नको साथै नगद डेढ लाख रुपैयाँ दक्षिणा र सहयोग जम्मा भएको पनि पुडासैनीले बताए ।

पुडासैनीका अनुसार मंगलबार गोरु तिहार र गोवद्र्धन पुजाको अवसरमा केन्द्रमा आश्रीत वहर (वाच्छा) लाई पुजा गर्न आउनेहरुको क्रम जारी रहेको छ र यो क्रम मंगलबार दिनभरी जारी रहनेछ ।

तस्वीरहरु- उत्तम पुडासैनी