२० फाल्गुन २०८१, मंगलवार
March 4, 2025 Tuesday
Latest
ललिता निवास जग्गा प्रकरण: फैसलाविरुद्ध सर्वोच्च पुगेको अख्तियार नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा कोशी प्रदेशसभा बैठक : वातावरण संरक्षण विधेयक सर्वसम्मतिले पारित संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्छ, ढिलो गर्नै हुन्न : केसी टीकाथलीमा बोरिङ गर्ने क्रममा ग्यास ‘लिकेज’, स्थानीय जनता त्रसित वनको दिगो व्यवस्थापनमा सरोकारवालाबीच समन्वय आवश्यक छ : उपराष्ट्रपति परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयोः परराष्ट्रमन्त्री सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरु यकिन गरी नष्ट गरौँः सांसद कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ केजी गाँजासहित दुई भारतीय पक्राउ त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम सुरु, वैशाखसम्म काम सक्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किएर फसेका ४० कामदार सकुशल



अ+ अ-

भारत ।उत्तरकाशीमा भत्किएको निर्माणाधीन सुरुङस्थलमा उद्धार कार्य दोस्रो दिनमा प्रवेश गरेको छ । सुरुङभित्र ४० जना कामदार फसेका छन् । उद्धार टोली सुरुङको १५ मिटरभित्रसम्म पस्न सफल भएको छ ।

उद्धारकर्मीहरूले सुरुङभित्र फसेका ४० जना कामदारको स्थानसम्म पुग्न अझै ३५ मिटरको फोहर हटाउन बाँकी रहेको बताएका छन् । साथै फसेका कामदारसँग सञ्चार स्थापित गर्न सक्षम भएको उनीहरूले बताएका छन् ।

“सुरुङ करिब ६० मिटर गहिरो छ, हामीले फोहर हटाउने क्रममा माथिबाट फोहर खसिरहेको छ, हिजो हामीले सुरुङभित्र फसेका मानिसहरूसँग सम्पर्क स्थापना गर्यौँ, हामी सुरुङभित्र करिब १५ मिटरसम्म पुगेका छौँ र अझै पनि ३५ मिटर जान बाँकी छ”, उत्तरकाशीका सर्कल अधिकारी प्रशान्त कुमारले भन्नुभयो, “अहिलेसम्म सबैजना सुरक्षित छन्, हामीले अक्सिजन र पानी उपलब्ध गराएका छौँ, हामीले सुरुङभित्र जानका लागि छेउमा अर्को बाटो बनाइरहेका छौँ ।”

उद्धार दलले सुरुङभित्र फसेका कामदारहरूलाई खाजा र पानी दिइएको भन्दै आज साँझसम्ममा भग्नावशेष पन्छाएर कामदारहरूलाई बाहिर निकाल्न सकिने अपेक्षा गरिएको जनाएको छ ।

“हामीले फसेका कामदारहरूलाई केही चिप्स र पानी दिएका छौँ, उनीहरू सुरक्षित रहेको पुष्टि गर्दछौँ”, टोलीका सहायक कमान्डर कर्मवीर सिंह भण्डारीले भन्नुभयो, “उद्धार कार्य जारी छ, आज साँझसम्ममा भग्नावशेष पन्छाएर फसेका कामदारसम्म पुग्ने अपेक्षा गरेका छौँ, सुरुङ भत्किएको स्थानमा प्लास्टरको काम पूरा भएको थिएन ।”

शनिबार ब्रह्मखाल–पोलगाउँको सिल्क्यारा तर्फको विन्दुभन्दा करिब दुई सय मिटर अगाडि सुरुङको एक भाग भत्केको थियो ।