१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : नेदरल्यान्ड्स विरुद्ध भारतको ४१० रन



भारतीय ब्याट्सम्यान श्रेयस ऐयर (फाइल)
अ+ अ-

विश्वकप क्रिकेट अन्तर्गत लिगको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्स विरुद्ध चार विकेटको क्षतिमा ४१० रन बनाएको छ । भारतका लागि श्रेयस ऐयर र के एल राहुलले शतक प्रहार गरेका थिए ।

यस विश्वकपमा एक पनि खेल नहारेको भारतले बैंगलोरमा टस जितेर पहिले ब्याटिङ रोजेको थियो । भारतका लागि श्रेयसले ९४ बलको सामना गरी अविजित १२८ रन बनाए । उनले ५ छक्का र १० चौका प्रहार गरेका थिए ।

यस्तै, केएल राहुलले ४ छक्का र ११ चौका मद्दतले ६४ बलमा १०२ रन बनाए । यस विश्वकपमा पहिलो शतक बनाउने क्रममा उनले केबल ६४ बल सामना गरेका थिए । उनी इनिङको अन्त्यतिर डी लीडको बलमा क्याचआउट भएका थिए ।

भारतका लागि कप्तान रोहित शर्माले ६१, शुभमन गिलले ५१ तथा विराट कोहलीले ५१ रन बनाए ।

नेदरल्यान्ड्सका लागि बास डी लीडले २, पल भान बीकेरन र मर्वले समान एकएक विकेट लिएका थिए ।

आजको खेल भारतका लागि अभ्यास खेलसरह रहेको छ किनभने भारत यसअघि नै लिगको अग्रस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।