२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सरमुक्त भइन् श्लोक वाचिका सरु गुरागाईं



अ+ अ-

काठमाडौं । मीठो शैलीमा छन्द कविता र श्लोक वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईं घाँटीको क्यान्सर पूर्णरुपमा मुक्त हुनु भएको छ ।

उहाँको सबै उपचार प्रक्रिया पूरा र सफल भएको श्रीमान मुरारी गुरागाईंले जानकारी दिनु भएको छ ।

स्पाइनल कर्डमा समस्या देखिएपछि विगत एक वर्षदेखि अमेरिकामा उपचाररत गुरागाइलाई हालैमात्रै क्यान्सर पहिचान भएको थियो ।गुरागाई अमेरिकाको केन्टकी राज्यको लेक्जिनटनमा वसोवास गर्देआउनु भएको छ ।

यो पनि पढ्नुहोस- क्यान्सरपीडित लोकप्रिय श्लोक वाचिका सरु गुरागाईंको उपचार अमेरिकामा हुँदै

क्यान्सर पूर्णरुपमा मुक्त भएपछि उहाँका श्रीमान मुरारीले फेसबुकमा लेख्नुभएको छ-

करीब एक बर्ष लामो उपचार पछि आज तिमी क्यान्सर मुक्त भएकी छौ। रोग भन्दा यसको उपचार धेरै कठिन रहेछ। आज यो सबै प्रक्रिया पूरा भएको छ। १० दिनको पूर्ण आईसोलेसन समाप्तिसँगै तिमी पूर्ण स्वस्थ भएकी छौ। उपचार का कैयौँ असरहरू यथावत नै भएपनि शरीरमा थाईरोईड क्यान्सरका कुनै पनि अवशेष बाँकी नरहेको जानकारी ले हामी हर्षित छौँ।

यो सम्पूर्ण उपचारको सिलसिलामा हामी सँगै जोडिनुहुने सबै आदरणीय महानुभाव मा हार्दिक आभार। साथै उपचार मा प्रत्यक्ष रूपमा सहभागी डाक्टर तथा नर्सहरूमा हार्दिक धन्यवाद। यहाँहरू सम्पूर्ण दर्शक शुभचिन्तकहरू जसले सदैव प्रार्थना गर्नुभयो यहाँहरू लाई पनि हार्दिक आभार। अब तपाईँहरूले चाहना गर्नुभएको हाम्रो फ़ेसबुक लाईभ कार्यक्रममा आउनेछौँ। केही दिनमा यसको विस्तारमा जानकारी पनि दिनेछौँ। तिहारको सबैमा हार्दिक शुभकामना !