१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सरपीडित लोकप्रिय श्लोक वाचिका सरु गुरागाईंको उपचार अमेरिकामा हुँदै



अ+ अ-

काठमाडौँ । मीठो शैलीमा छन्द कविता र श्लोक वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईंलाई घाँटीको क्यान्सर भएको छ ।स्पाइनल कर्डमा समस्या देखिएपछि विगत एक वर्षदेखि उपचाररत गुरागाइलाई हालैमात्रै क्यान्सर पहिचान भएको हो ।

बिहीबारमात्र थाइराइडको शल्यक्रिया गराएकी उनी अहिले ‘रिकभरी’ को चरणमा रहेको बताइएको छ । पारिवारिक स्रोतका अनुसार स्वास्थ्य परीक्षणको सबै रिपोर्टहरू आइसकेपछि थप उपचारविधिबारे टुंगो लाग्नेछ । घाँटी वरिपरीको लिम्फ नोडहरूमा फैलिएको अवस्थामा क्यान्सर पहिचान भएको थियो ।

गुरागाइ परिवारसहित  हाल अमेरिकाको केन्टकी राज्यको लेक्जिनटनमा वसोवास गर्देआउनु भएको छ । गुरागाईं दम्पत्तिका ७ वर्ष र २२ महिनाका दुई सन्तान छन् । नेपालमा इलाम घर भएका उनीहरू १५ महिनादेखि अमेरिकामा बस्न थालेका हुन् । सरुले अमेरिकाबाटै छन्द कविताका अडियोहरू बनाएर युट्यूबमा हाल्ने गरेकी थिइन् ।

आदिकवि भानुभक्त आचार्यको रामायणका श्लोकहरू वाचन गरेर युट्यूबमा धारावाहिक प्रसारण गरेपछि उनलाई धेरैले चिनेका हुन् । उनी महिला र वृद्धवृद्धाहरुबीच बढी लोकप्रिय छिन् । एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनको कविता वाचन अवरुद्ध बनेको छ ।

सरुका श्रीमान् मुरारी गुरागाईंले पत्नीको स्वास्थोपचारका लागि आर्थिक सहयोगका लागि अपील गरेका छन् । उनले गो फन्डमी मार्फत रकम सहयोग गर्न आग्रह गर्दै लेखेका छन्,

हाम्रा आदरणीय दर्शक श्रोताहरू तथा हजुरहरू जो यो संदेश पढिरहनुभएको छ, मा नमस्कार । नेपालदेखि अमेरिकाको बसाइँसराइका क्रममा विगत लामो समयदेखि यहाँहरूसँग जोडिन पाएका थियौँ। विगत केही समयदेखि हजुरहरु सामु प्रत्यक्ष र परोक्षरूपमा आफ्ना प्रस्तुतिहरूका साथ आउन नसकेकोमा यहाँहरूले चासो र चिन्ता व्यक्त गरिरहनुभएको छ। यसको कारणसहित एउटा अलि नरमाइलो समाचार लिएर प्रस्तुत भएको छु ।

मेरी जीवनसङ्गीनी, बच्चाहरू (वर्ष ७ र २२ महिना) की आमा, यहाँहरूकै प्रिय रामायण वाचिका तथा छन्द कविता वाचिका सरू गुरागाईं विगत एक वर्षदेखि हाडजोर्नी सम्बन्धी समस्याको उपचार गराइरहेको अवस्थामा हाल क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेकी छिन् । यस्तो असहज र अकल्पनीय परिस्थिति जसको कारणले उनको अति प्रिय छन्दकविता वाचनको काम पूर्ण रूपमा रोक्किएको छ । शीघ्रातिशीघ्र पूर्ववत् अवस्थामा फर्किएर पुन: आफ्ना प्रस्तुतिहरू यहाँहरू समक्ष लिएर आउने हाम्रो अभिलाषा र यहाँहरूको अनुरोध पूरा गर्न हामी हजुरहरूसमक्ष सहयोगको अपील गर्नको निम्ति बाध्यात्मक परिस्थिति सिर्जना भएको छ।

पुन: मीठा मीठा छन्द कविताहरू श्रवण गर्न सरू गुरागाईंको शीघ्र स्वास्थ्य उपचार र स्वास्थ्यलाभको निमित्त यहाँहरूबाट प्राप्त हुने सहयोग, सद्भाव र शुभेक्षाका प्रति अनुग्रहित् छौँ रहुने छौँ ।

मुरारि गुरागाईं