४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सरमुक्त भइन् श्लोक वाचिका सरु गुरागाईं



अ+ अ-

काठमाडौं । मीठो शैलीमा छन्द कविता र श्लोक वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईं घाँटीको क्यान्सर पूर्णरुपमा मुक्त हुनु भएको छ ।

उहाँको सबै उपचार प्रक्रिया पूरा र सफल भएको श्रीमान मुरारी गुरागाईंले जानकारी दिनु भएको छ ।

स्पाइनल कर्डमा समस्या देखिएपछि विगत एक वर्षदेखि अमेरिकामा उपचाररत गुरागाइलाई हालैमात्रै क्यान्सर पहिचान भएको थियो ।गुरागाई अमेरिकाको केन्टकी राज्यको लेक्जिनटनमा वसोवास गर्देआउनु भएको छ ।

यो पनि पढ्नुहोस- क्यान्सरपीडित लोकप्रिय श्लोक वाचिका सरु गुरागाईंको उपचार अमेरिकामा हुँदै

क्यान्सर पूर्णरुपमा मुक्त भएपछि उहाँका श्रीमान मुरारीले फेसबुकमा लेख्नुभएको छ-

करीब एक बर्ष लामो उपचार पछि आज तिमी क्यान्सर मुक्त भएकी छौ। रोग भन्दा यसको उपचार धेरै कठिन रहेछ। आज यो सबै प्रक्रिया पूरा भएको छ। १० दिनको पूर्ण आईसोलेसन समाप्तिसँगै तिमी पूर्ण स्वस्थ भएकी छौ। उपचार का कैयौँ असरहरू यथावत नै भएपनि शरीरमा थाईरोईड क्यान्सरका कुनै पनि अवशेष बाँकी नरहेको जानकारी ले हामी हर्षित छौँ।

यो सम्पूर्ण उपचारको सिलसिलामा हामी सँगै जोडिनुहुने सबै आदरणीय महानुभाव मा हार्दिक आभार। साथै उपचार मा प्रत्यक्ष रूपमा सहभागी डाक्टर तथा नर्सहरूमा हार्दिक धन्यवाद। यहाँहरू सम्पूर्ण दर्शक शुभचिन्तकहरू जसले सदैव प्रार्थना गर्नुभयो यहाँहरू लाई पनि हार्दिक आभार। अब तपाईँहरूले चाहना गर्नुभएको हाम्रो फ़ेसबुक लाईभ कार्यक्रममा आउनेछौँ। केही दिनमा यसको विस्तारमा जानकारी पनि दिनेछौँ। तिहारको सबैमा हार्दिक शुभकामना !