२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमान्–श्रीमती झुण्डिएको अवस्थामा मृत फेला



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती आफ्नै घरमा आज मृत फेला परेका छन् । बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उहाँकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिनुभयो ।“घट्नाबारे त्रिभुवनबस्तीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको छ” उहाँले भन्नुभयो– “श्यामका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको छ ।” रासस