• १६ मंसिर २०८०, शनिबार
  •      Sat Dec 2 2023
  •   Unicode
Logo
Latest
★   पृथ्वीको परिक्रमा ढाँचामा परिवर्तन, त्यसोभए एक दिन २४ को सट्टा २५ घण्टाको हुनेछ ? ★   पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैनः प्रधानमन्त्री ★   रणवीरको ‘एनिमल’ले पहिलो दिन कति कमायो ? ★   दुर्घटनामा दुई जनाको मृत्यु ★   नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई ★   जलवायु परिवर्तनबाट पीडित देशलाई अमेरिकासहित ५ देशले कति गरे सहयोग ★   टिकट चोरीको घटनामा थप एक जना पक्राउ ★   लामा वाङचुक राप्तेनलाई ‘काइन्डनेस एण्ड लिडरसिप’ अवार्ड ★   पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा पाकिस्तानमा दुई जनाको मृत्यु ★   अराजकता फैलाउनेलाई छुट दिन सकिँदैनः उपप्रधानमन्त्री श्रेष्ठ

श्रीपञ्चमी-सरस्वती जयन्ती



कृष्णपक्षको एउटा र शुक्लपक्षको एउटा गरी एक महिनामा दुइटा पञ्चमी हुन्छ्न्।यसरी वर्ष दिनमा बाह्र महिनाका चौबिसवटा पञ्चमी हुन्छन्। यस मध्ये माघशुक्लपञ्चमीमा मात्र श्री उपाधि लागेको हुन्छ।त्यसकारण माघशुक्लपञ्चमी श्रीपञ्चमी कहलाउँदछ।श्रीपञ्चमी सरस्वती जयन्ती हो।त्यसकारण श्रीपञ्चमीको संबन्ध ज्ञानको साधनासंग रहेको छ।श्रीपञ्चमीको संबन्ध ज्ञानको साधनासंग रहेता पनि अघि लेनदेन व्यवहारमा श्रीपञ्चमीको भाका राखिन्थ्यो।त्यसकारण श्रीपञ्चमीको संबन्ध ज्ञान र धन दुवैसंग रहेको छ।

भारतमा थुप्रै नदीहरु छन् तापनि गङ्गा,यमुना र सरस्वतीको ठूलो महिमा रहेको छ।भारतमा गङ्गा र यमुनाको अस्तित्त्व अहिले पनि विद्यमान छ तर सरस्वती भने लुप्त भइन्। सरस्वती बडो तेजिलो धारले बग्ने नदी पश्चिम सागरमा गएर समुद्रसंग मिसिन्थ्यो।सरस्वतीको किनारामा अनेकन् ऋषि मुनिका आश्रमहरु थिए।त्यहाँ ज्ञान- विज्ञानको साधना हुन्थ्यो तर हिमालयले आफ्नो धार बदलेको हुँदा सरस्वतीको मुहान सुक्यो र सरस्वतीको प्रस्रवणक्षेत्र मरुभूमिमा परिणत भयो।यसरी ज्ञानगङ्गा लुप्त भएको हुँदा भारतमा ईस्लाम र ईसाईले शासन गरे।

सरस्वतीको बीज वाक्बीज वा वाग्बीज हो।वागमती त्यस वाग्बीजको प्रतिरूप हो।भारतमा सरस्वती सुके पनि नेपालमा वागमती अविरल रूपले बगिरहेको छ तर जुन दिनदेखि हामीले वागमतीलाई बागमती बनायौँ, रूद्रमतीलाई धोबीखोला बनायौँ र उखुको रस जस्तो गुलियो पानी बग्ने इक्षुमतीलाई टुकुचाको ढल बनायौँ, त्यस दिनदेखि नेपाली मान्यतामा ह्रास आयो।वागमती सभ्यता र संस्कृति ओरालो लाग्यो।नेपालीले आफ्नो पहिचान मेटाउँदै लग्यो।

ब्रह्माशक्ति सरस्वती र ज्ञानमूर्ति मञ्जुश्रीको एकाकार भएको नेपालमण्डल आज खिचातानीमा रमाउँछ।आद्यजगद्गुरु शङ्कराचार्यसंग ज्यानको बाजि लगाएर शास्त्रार्थ गर्दा विद्वत्वर अमरसिंह बाँडाले जगाएको नील सरस्वतीको महत्त्व आज नेपालीलाई थाह छैन।

ॐ नमो वागीश्वराय र ॐ वागीश्वरीमुंको अन्तरसंबन्ध हामीले बिर्स्यौँ।अनि हामी नेपालीहरु बिग्य्रौँ।त्यसकारण श्रीपञ्चमी सरस्वती जयन्तीका दिनदेखि हिमालयपुत्री गौरीको ॐ ऐँ गौरी वद वद गिरि परमेश्वर्य सिद्ध्यर्थ्यं ऐँ यो बीज मन्त्र जपेर नेपालीहरु जागौँ र आफ्नो वर्चस्वलाई जोगाउँ।

ॐ सत्यं परं धीमहि !!