१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

श्रीपञ्चमी-सरस्वती जयन्ती

श्रीपञ्चमी-सरस्वती जयन्ती
अ अ+ अ-

कृष्णपक्षको एउटा र शुक्लपक्षको एउटा गरी एक महिनामा दुइटा पञ्चमी हुन्छ्न्।यसरी वर्ष दिनमा बाह्र महिनाका चौबिसवटा पञ्चमी हुन्छन्। यस मध्ये माघशुक्लपञ्चमीमा मात्र श्री उपाधि लागेको हुन्छ।त्यसकारण माघशुक्लपञ्चमी श्रीपञ्चमी कहलाउँदछ।श्रीपञ्चमी सरस्वती जयन्ती हो।त्यसकारण श्रीपञ्चमीको संबन्ध ज्ञानको साधनासंग रहेको छ।श्रीपञ्चमीको संबन्ध ज्ञानको साधनासंग रहेता पनि अघि लेनदेन व्यवहारमा श्रीपञ्चमीको भाका राखिन्थ्यो।त्यसकारण श्रीपञ्चमीको संबन्ध ज्ञान र धन दुवैसंग रहेको छ।

भारतमा थुप्रै नदीहरु छन् तापनि गङ्गा,यमुना र सरस्वतीको ठूलो महिमा रहेको छ।भारतमा गङ्गा र यमुनाको अस्तित्त्व अहिले पनि विद्यमान छ तर सरस्वती भने लुप्त भइन्। सरस्वती बडो तेजिलो धारले बग्ने नदी पश्चिम सागरमा गएर समुद्रसंग मिसिन्थ्यो।सरस्वतीको किनारामा अनेकन् ऋषि मुनिका आश्रमहरु थिए।त्यहाँ ज्ञान- विज्ञानको साधना हुन्थ्यो तर हिमालयले आफ्नो धार बदलेको हुँदा सरस्वतीको मुहान सुक्यो र सरस्वतीको प्रस्रवणक्षेत्र मरुभूमिमा परिणत भयो।यसरी ज्ञानगङ्गा लुप्त भएको हुँदा भारतमा ईस्लाम र ईसाईले शासन गरे।

सरस्वतीको बीज वाक्बीज वा वाग्बीज हो।वागमती त्यस वाग्बीजको प्रतिरूप हो।भारतमा सरस्वती सुके पनि नेपालमा वागमती अविरल रूपले बगिरहेको छ तर जुन दिनदेखि हामीले वागमतीलाई बागमती बनायौँ, रूद्रमतीलाई धोबीखोला बनायौँ र उखुको रस जस्तो गुलियो पानी बग्ने इक्षुमतीलाई टुकुचाको ढल बनायौँ, त्यस दिनदेखि नेपाली मान्यतामा ह्रास आयो।वागमती सभ्यता र संस्कृति ओरालो लाग्यो।नेपालीले आफ्नो पहिचान मेटाउँदै लग्यो।

ब्रह्माशक्ति सरस्वती र ज्ञानमूर्ति मञ्जुश्रीको एकाकार भएको नेपालमण्डल आज खिचातानीमा रमाउँछ।आद्यजगद्गुरु शङ्कराचार्यसंग ज्यानको बाजि लगाएर शास्त्रार्थ गर्दा विद्वत्वर अमरसिंह बाँडाले जगाएको नील सरस्वतीको महत्त्व आज नेपालीलाई थाह छैन।

ॐ नमो वागीश्वराय र ॐ वागीश्वरीमुंको अन्तरसंबन्ध हामीले बिर्स्यौँ।अनि हामी नेपालीहरु बिग्य्रौँ।त्यसकारण श्रीपञ्चमी सरस्वती जयन्तीका दिनदेखि हिमालयपुत्री गौरीको ॐ ऐँ गौरी वद वद गिरि परमेश्वर्य सिद्ध्यर्थ्यं ऐँ यो बीज मन्त्र जपेर नेपालीहरु जागौँ र आफ्नो वर्चस्वलाई जोगाउँ।

ॐ सत्यं परं धीमहि !!