१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दयाहाङ अभिनित ‘रङ्गेली’को पोस्टर सार्वजनिक



अ+ अ-

काठमाडौँ। आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुनेनेपाली चलचित्ररङ्गेलीको पोस्टर सार्वजनिक गरिएको छ ।प्रमुख अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गर्दै पोस्टरसार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेता राईलाईविजयनामबाट परिचय दिँदै पोस्टरमा राखिएको छ ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेकोरङ्गेलीमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्कसाउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतमर हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्गथापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन्भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सहनिर्माता हुन् ।विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशनप्रजापति हुन् ।

अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेटप्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेकाअमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वकाविभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।

जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामाएक्का बास्सा इन्टरटेन्मेन्टलाइभ एट प्रिजेन्टतथाअस्ट्रेलियामाहट बिट्स ईभेन्टस्लेरङ्गेलीरिलिज गर्दैछन् ।