२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

ओली बाको बाकसको कथा

ओली बाको बाकसको कथा
अ अ+ अ-

हामीसंग दुईटा बाकस थिए । हामी (म र दुई बहिनी)लाई लाग्थ्यो एउटा बाकस बाबाको हो र अर्को ममाको । ममाको वाकसमा लुगा बस्थे र बाबाकोमा कागज किताव , तर दुबै बाकस ममाको रेखदेख र नियन्त्रणमा थिए । एउटा बाकस अलि ठूलो साइजको थियो र अर्कोको साईज अलि सानो थियो । दुबै बाकस सफा थिए, तर दुबै कही न कही कुच्चिएका थिए ।

त्यसमध्येको सानो बाकसलाई हामीले १५ बर्ष अघि बुध्दनगरको डेराबाट सधैका लागि बिदा गर्यो , जसमा लुगा लत्ता बस्थे । देब्रेपट्टी कुच्चिएको अलि ठूलो बाकस चाहि दुई दशकजति हामीसितै डेरामा बसेर सुनाकोठीको घरमा भित्रियो । छ सात बर्षकै उमेरदेखि हामी दुईटा बाकससित खेल्दै हुर्कियौं ।
त्यो बाकस कालीमाटीको हाम्रो पहिलो डेरामा कतैबाट आइपुगेको थियो । कालिमाटी पछि हामीसितै त्यो बाकस ताहाचल, गाईवाच्छापाटी, नरदेवी, बिजुली बजार, बुद्धनगरका डेरामा सरिरह्यो । त्यसपछि ६२ सालमा सुनाकोठीको घरमा पुग्यो । सुनाकोठीको घरमा पसेपछि त्यो बाकस बाबाको किताबहरुसित केही महिना पूजा कोठामा बस्यो । किताबले ¥याक भरिन थालेपछि हामी दिदी बहिनीका स्कूले किताब स्टोरमा थन्क्याउदा त्यो बाकस पनि स्टोरमा स¥यो । 
स्टोरमा सरेपछि त्यो बाकसलाई हामी सबैले बिर्सिसकेका थियौ । तर पाँच छ बर्ष अघि एक दिन बाबाले हामीसित टीनको बाकस छ र भनेर ममासित सोध्नु भएछ । त्यसपछि खोजी शुरु भयो । त्यो बाकस हाम्रो घरको स्टोरमा कपडा र कागजका अनेक पत्रले थिचिएर बसेको रहेछ । ममाले भेटेपछि बाकससितका मेरा पुराना सम्झनाहरु एकाएक ताजा भए ।
हामी सानै थियौं ।

ममाले हामी तीनै जनालाई बाकस नखोल्नु है भन्नुभएको थियो । म त्यो बाकसमा के छ भनेर सोध्थें, तर जवाफ केहि आउँदैनथ्यो । ममाले जति बाकस खोल्न हुँदैन भन्नुहुन्थ्यो, त्यति खोल्न मन लागिरहन्थ्यो । त्यसैले, ममाले भन्नुभएको कुरा मानिराख्न मन लागेन । बाबा प्राय कामले बाहिरै हुनुहुन्थ्यो । हामी तीन दिदी बहिनी ममाकै रेखदेखमा हुन्थ्यौं । ममाको आँखा छल्न गाह्रो भएन । बहिनीहरु सानै भएकोले उनीहरुलाई बाकसमा के छ भन्ने कुराको खासै मतलब थिएन । बाकस खोल्दा जति मज्जा आउला भन्ने लागेको थियो त्यस्तो खासै भएन । कारण, बाकसमा मैले सोचेको जस्तो खेलौना खजाना थिएन । कागजहरु थिए, त्यो पनि व्लाक एण्ड ह्याइट ।

बाबाले लेख्नुभएको लेखहरु थिए । पुरानो गोरखापत्रहरु थिए । मलाई याद छ मैले बाकसमा भएका सबै गोरखापत्र निकालेर गो–र–र–वा– पत्र भन्दै पढेको थिएँ । मेरो लागि त्यो बाकसमा रहेको त्यहि गो–र–र–वा– पत्र मात्र रोचक थियो । कम्तीमा त्यसमा व्लाक एण्ड ह्याइट फोटोहरु थियो । शनिवारको गोरखापत्रमा बेला बेला बाबाका लेख छापिन्थे । त्यसैले लेखेका कुरा नहराउन् भनेर गो–र–र–वा– पत्रका पानाहरु त्यो बाकसमा जतन गरेर राखिएको थियो शायद ।   
त्यो बाकस अरुबेला खाटमुनि बस्थ्यो । तर, डेरा सर्दा बहुत काम लाग्थ्यो । बाकसमा कागजहरु मात्रै भएकोले डेरा सर्दा हाम्रा किताब, कापी पनि त्यसैमा खाँदिन्थे । डेरा सरिसकेपछि बाकसमा हालेर ल्याएका किताब कापी मिलाउने जिम्मा हामी तीन दिदी बहिनीको हुन्थ्यो । हामी आफ्नो किताब कापी निकाल्थ्यौं र बाँकी कागज त्यै बाकसमा रहन्थे । फेरि त्यो बाकस हामी कसैका खाटमुनि घुस्रिन्थ्यो । किरा, माकुराले गुड लाउथे । यसरी डेरा सर्दा र कागज थन्क्याउँदा कति कागजपत्र हराए, कति मुसा, माकुरा र किराले खाए । 
पाँच बर्ष अघि बाबाले बाकसको सोधीखोजी गरेपछि मलाई लागेको थियो, त्यो बाकस जननेता मदन भण्डारीले बाबालाई राख्न दिएको हुनुपर्छ । कारण, बाबा र मदन भण्डारीको मित्रता म जन्मनु अघि नै शुरु भएको थियो । काठमाडौ आउँदा सबैभन्दा पहिले मदन भण्डारी हाम्रो डेरामा आउनुहुन्थ्यो । आफ्नो घरका कुरा बाबासित खुलस्त रुपमै गर्नुहुन्थ्यो । बाबालाई पत्रकारिताको क्षेत्रमा लाग्नका लागि पनि मदन भण्डारीले नै सुझाउनु भएको थियो । बाबा उहाँलाई एकदम सम्मान गर्नुहुन्थ्यो । बाबालाई मैले पहिलो चोटी हडबडाएको, निराश र कमजोर देखेको पनि मदन भण्डारीको निधनकै समयमा थियो ।

त्यसबेला बाबाले अभिभावक गुमाए झैं महशुश गर्नुभएको थियो शायद । मदन भण्डारीको यादसँगै बाबाले उहाँको बाकस जतन गर्नुभएको होला भन्ने मलाई लाग्थ्यो । तर, मेरो बुझाई र वास्तविकता फरक पर्यो । ठाउँ ठाउँमा डेरा सर्दा बाकस छाड्ने कुरा हुन्थ्यो, तर छोडिदैनथ्यो । यसरी हामीसित धेरै डेरा चाहार्दै पुगेको बाकसको हकवाला प्रधानमन्त्री के.पी. शर्मा ओली हुनुहुदो रहेछ । उहाँले  बाबासँगको हरेक भेटमा बाकस अपडेट लिनुहुँदो रहेछ । बाबाले भन्दा यो कुरो गर्दा ममाले पत्याउनु भएन । प्रधानमन्त्रीले बाकस लिन मान्छे पठाउँछु पनि भन्नुभएको थियो । तर, त्यसका लागि साइत कहिले जुरेन । 
एक साता अघि बाबालाई रिपोर्टस् क्लबले पुरस्कार लिन बोलायो । बाबाले पुरस्कार लिएको हेर्न म छोरीलाई साथै लिएर गएँ । उक्त कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो ।

बाबा पुरस्कार लिन स्टेजमा जादाँ प्रधानमन्त्रीले बाबाको कानमा खुस्खुस गरेको देखें । पछि थाहा भयो, त्यो खास्खुसको बिषय बाकस नै रहेछ । बाबालाई प्रधानमन्त्रीले बाकस लिन मान्छे पठाउँछु है भन्नु भएछ । बाबाले म आफै ल्याई दिउँला, बरु नातिनी तपाईलाई भेट्न पाईन्छ भनेर यही आएकी छ भन्नु भएछ । प्रधानमन्त्रीले कानमा खुसखुसाउँदै समय पनि दिई हाल्नु भएछ । भोलिपल्ट विहान बालुवाटारमा बाकस बुझाई दिने कुरा गर्दै बाबा र म आ आफ्ना घर लाग्यौं । 
पहिले ममालाई बाकस कहाँ राख्ने चिन्ता हुन्थ्यो । बाकस भेटिएपछि चिन्ता बाबामा स¥यो । कागजपत्रको अवस्था कस्तो होला भन्ने बाबाको चिन्ता थियो । प्रधानमन्त्रीलाई त्यो मुला टीनको बाकस किन चाहियो भनेर ममाले धेरैपल्ट बाबालाई सोधेको सुन्थे । ममालाई लागेको थियो प्रधानमन्त्री भैसकेको शक्तिशाली मान्छले जाबो टीनको बाकस किन खोज्छन् 
चैत १८ गते बिहान बाबासँग बाकस सहित हामी प्रधानमन्त्री निवास पुग्यौं । चिया पिउँदै सामान्य भलाकुसारी शुरु भयो । चिया पिउँदै गर्दा दिपेन्द्रजीले बाबालाई गरेको पहिलो प्रश्न थियो ‘प्रधानमन्त्री त बाकस आउँदैछ भन्नुहुन्थ्यो, ल्याउनुभयो ?’ 
बाबाको जवाफ थियो ‘बाकस गाडीमा छ र गाडी पार्किंगमा छ’ । बाबाले यति भनि नसक्दै उहाँले भन्नुभयो ‘पहिला बाकस निकालौं’ । 
खाँदाखादैको चिया छाडेर बाबा पार्किंगमा जानु भयो । गाडी निवास अगाडि ल्याएर एउटा पुरानो र कुच्चिएको बाकस निकाल्नु भयो । एकजना मोटामोटा मानिसले छक्क परेर त्यो थोत्रो बाकस हेरे र अविश्वासपूर्बक माथिल्लो तलामा लगे । केहीछिनपछि हामीलाई माथि बोलाइयो । प्रधानमन्त्री आउनुभयो । बाबा र उहाँको लामै भलाकुसारी चल्यो । प्रधानमन्त्रीसँग कुरा गर्दै जाँदा थाहा भयो, त्यस बाकसमा उहाँका महत्वपूर्ण कागजात रहेछन् । बाबाले मदन भण्डारीले पढ्नुभएको आफूसँग भएको किताब पनि बाकस सँगै ल्याएको बताउनुभयो । बाकसले हकदार भेटिसक्दा पनि बाकस कहाँबाट आयो, कसले छोड्यो मरो खुल्दुली मेटिएको थिएन ।

त्यसबारे बाबाले सोधी खोजी गर्नुभयो । मेरो त्यो खुल्दुली पनि मेटियो । बाकस उहाँले नै हाम्रो कालीमाटी डेरामा छोड्नुभएको रहेछ । प्रधानमन्त्री र बाबाका कुरा सुनिरहँदा म बाकसको एक पात्र भैरहेकी थिएँ र कथाका दुई पात्रलाई साक्षात्कार गरिरहेकी थिएँ । बाबाले सुनाउने कथाको कुनै पात्र भेटिरहेको छु भन्ने लागिरहेको थियो । पुरानो बाकसको कथा मेरो लागि नयाँ थियो । किनकि त्यो बाकससित मेरा अनेकौं अटेसमटेस सम्झनाहरु थिए । 
बाकसमा खेलौना छ भन्ने ठानी लुकीलुकी बाकस खोलेको सम्झना पनि आलै थियो । ममालाई बाकसमा के छ भनि हैरान पार्दा पटक पटक राम्रै गाली खाएकी थिएँ । बाकस खोलेर हेरेको पत्तो पाएपछि ममाको कुटाइ खाएको सम्झना ताजै थियो ।

बाकसमा भेटेको गोरखापत्रमा छापिएका व्लाक एण्ड ह्वाइट फोटोहरुले लोभ्याएको सम्झना पनि गाढै थियो । त्यस बाकससँग मेरो, बहिनीहरुको, ममाको र बाबाको अनेक सम्झनाहरु जोडिएका थिए । बाकस टिनको थियो, तर हाम्रा यादहरु सुनौला थिए ।  हाम्रा सुखदुखमा करीब पैतिस बर्ष त्यो बाकस साथै थियो । बाकस जिम्मा लगाएर २०७७ साल चैत १८ गते बाकस प्रधानमन्त्री निवास बालुवाटारमा बसाई स¥यो । तर बाकसका कथा र स्मृति सधैका लागि हामीसितै रहे ।