२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाटककार समको जन्म घर निरीक्षण अवलोकनमा प्रमुख शाह: राष्ट्रिय सम्पत्ति जोगाउन महानगरले सहयोग गर्ने धारणा



अ+ अ-

काठमाडौँ । राष्ट्रको सम्पत्तिको रुपमा संरक्षण गर्नु पर्ने, मर्मत सम्भार गर्नु पर्ने काममा काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ । आज कमलपोखरीस्थित बालकृष्ण सम जन्मिनु भएको (करिब १३० बर्ष पुरानो) भवनको निरीक्षण अवलोकन गर्दै उहाँले संस्कृति, परम्परा र सम्पदा बचाउने, सहरी क्षेत्रमा खुला स्थान जोगाउने र बढाउने कामलाई प्राथमिकता दिएको बताउनुभयो ।

‘सरकारको स्वामित्वमा भएका जग्गा लिजमा लिएर खुल्ला पार्क निर्माण गर्ने र सकेसम्म धेरै खुल्ला ठाउँ बचाउने कार्यक्रमलाई प्राथमिकता दिएका छौँ । त्रिपुरेश्वरमा खुल्ला र जीवन्त संग्रहालय निर्माण गर्न थालेका छौँ । त्यहाँ परम्परागत र कलात्मक सिपसँग सम्बन्धित क्रियाकलाप हुनेछन् । यसबाट संस्कृति बचाउन र कला जोगाउन मद्दत पुग्नेछ । सबैले राष्ट्रका लागि काम गर्ने हो, मिलेर गरौँ ।’ शाहले बताउनुभयो ।

यो क्षेत्रमा शैक्षिक र बौद्धिक क्रियाकलाप सञ्चालन गर्न समकी भाञ्जी (घर जग्गाको स्वामित्ववाला) डिलाइट सिंहले २०७५ साल काठमाडौँ विश्वविद्यालय बालकृष्ण सम शैक्षिक गुठीलाई जमिन र भवन प्रदान गर्नुभयो । यसको तल्लो तलामा सिंह आफैँ बसोबास गर्नुहुन्छ । उहाँले भेटका क्रममा भन्नुभयो, ‘मेरी आमा पनि एउटै सन्तान हुनुहुन्थ्यो । म पनि एउटै सन्तान हुँ । पुर्खाबाट आएको सम्पत्तिको आधा भाग आमाले पाउनु भयो । आधा भाग घरमा काम गर्ने सहयोगीलाई दिइएको थियो । जमिन टुक्रा पार्दा मौलिकता संरक्षणमा कठिन हुने भएपछि २ करोड रुपैयाँ तिरेर उहाँलाई दिएको भाग पनि मैले नै लिएँ । त्यसपछि गुठीलाई दिएकी हुँ ।’

कुराकानीका क्रममा उहाँले, समले स्थापना गर्नुभएको फोटो स्टुडियो, उहाँले कोर्नु भएका चित्र यही भवनमा रहेको बताउनुभयो । वि. सं. १९९० सालको भूकम्प अघि भवन ४ तलाको थियो । माथिल्लो तलामा बार्दली थियो । त्यसलाई पुननिर्माण गरेर पूर्ववत बनाउँदा भन्दा माथिल्लो तला घटाउँदा बलियो हुने प्राविधिकबाट सुझाव प्राप्त भएपछि माथिल्लो तला घटाएर ३ तलाको बनाइएको हो । सिंहले जानकारी दिनुभयो ।

२ रोपनी २ आना क्षेत्रफलमा २ वटा भवन छन् । पछिल्लो भवन काठमाडौँ विश्वविद्यालयले सवलीकरण गरेर सञ्चालनमा ल्याएको छ । प्रवेश गर्ने वित्तिकैको भवन सवलीकरण गर्नुपर्ने अवस्थामा छ । यसका लागि विश्वविद्यालयले प्रारम्भिक डिजाइन र लागत अनुमान तयार पारेको छ । संरक्षणका विषयमा विश्वविद्यालयका उपकुलपति भोला थापाले भन्नुभयो, ‘यस ठाउँलाई वौद्धिक बहस गर्ने, विशेषज्ञ तालिम दिने, संगीत र कलाको प्रशिक्षण प्रदान गर्ने, यस्ता विधामा अध्ययन अनुसन्धान गर्ने स्थलका रुपमा विकास गर्ने योजना छ ।’

उहाँहरुले तयार पार्नु भएको योजना अध्ययन गर्दै प्रमुख शाहले, ‘यस शैक्षिक गुठीको गुठीयारका रुपमा महानगरपालिका आवद्ध भएर संरक्षणको काम गर्ने बताउनुभयो । विश्वविद्यालयले तयार पारेको योजना पुनरावलोकनका लागि उहाँले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीलाई योजना प्रदान गर्नुभएको छ ।

प्रमुख शाहसँग सहरी योजना आयोगका उपाध्यक्ष राजभण्डारी, सल्लाहकार कुमार व्यञ्जनकार, आयोगका सदस्य बाबुराम भट्टराई, सुरज काफ्ले, शिक्षा विभागका प्रमुख सीताराम कोइरालासहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।




भर्खरै