• ५ भाद्र २०८१, बुधबार
  •      Wed Aug 21 2024
  •   Unicode
Logo
Latest
★   दाहालको अनुमान: परराष्ट्रमन्त्री राणालाई भारतले महत्व दिएको एमालेलाई मन परेको छैन ★   समाजलाई तर्साउन प्रेस कार्डको दुरुपयोग नगरौं: अध्यक्ष बस्नेत ★   धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीन हुँदैनः अर्थमन्त्री पौडेल ★   जलविद्युतमार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्छः अर्थमन्त्री पौडेल ★   परराष्ट्रमन्त्री राणा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता ★   जिप दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो ★   ‘कानुन बनाउँदा मानवीय पक्षलाई बढी ध्यान दिनुपर्छ’ ★   एमसिसि नेपालद्वारा वार्षिक कार्यप्रगति विवरण सार्वजनिक, उल्लेख्य प्रगति भएको दाबी ★   रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र ★   ‘थामेमा हिमताल फुटेर बाढी आउनुको मुख्य कारण तापक्रम वृद्धि’

रचिनले तोडे सचिनको रेकर्ड



एजेन्सी । विश्वकप २०२३ को उत्साह बढ्दै गएको छ । सेमिफाइनलका चार टोलीको टुङ्गो लगभग सकिएको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियाका टोली यसअघि नै छनोट भइसकेका छन् । योसँगै न्युजिल्यान्ड पनि अन्तिम चारमा पुग्ने लगभग पक्का छ । पाकिस्तान र अफगानिस्तानका लागि बनाइएको समीकरण लगभग असम्भव छ ।

तर, क्रिकेट अनिश्चितताको खेल हो र यसमा केही भविष्यवाणी गर्न सकिँदैन । बिहीबार श्रीलंकालाई हराउँदै न्यूजिल्याण्डले आफ्नो दाबी बलियो बनाएको छ । यो प्रतियोगितामा न्यजिल्यान्डका एक खेलाडीले अहिलेसम्म सबैभन्दा बढी प्रभावित गरेका छन् । ती खेलाडीको नाम हो रचिन रविन्द्र ।

यस विश्वकपमा रचिनको कीर्तिमान
यस विश्वकपमा अहिलेसम्म रचिनले ९ खेलका ९ इनिङ्समा ७०.६२ को औसतमा ५ सय ६५ रन बनाएका छन् । यस अवधिमा उनको स्ट्राइक रेट १०८.४५ रहेको छ । उनी हाल सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन् । रचिनले महान सचिन तेन्दुलकरको २७ वर्ष पुरानो कीर्तिमान पनि तोडे । उनी २५ वर्षको उमेर नपुग्दै एकै विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

रचिन अहिले २३ वर्षका छन् । सचिनले १९९६ को विश्वकपमा ५२३ रन बनाएका थिए । त्यतिबेला सचिन पनि २३ वर्षका थिए । यो सूचीमा पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन् । बाबरले २०१९ को विश्वकपमा ४७४ रन बनाएका थिए ।

पहिलो विश्वकपमा सर्वाधिक रन
रचिन रविन्द्रको नाममा पहिलो विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि छ । यस मामिलामा उनले जोनी बेयरस्टोको चार वर्ष पुरानो कीर्तिमान तोडे । बेयरस्टोले आफ्नो पहिलो विश्वकप २०१९ मा खेलेका थिए र ११ खेलमा ४८.३६ को औसतमा ५३२ रन बनाएका थिए । जसमा दुई शतक र दुई अर्धशतक समावेश छ । यता, रचिनले यो विश्वकपमा अहिलेसम्म तीन शतक र दुई अर्धशतक बनाएका छन् ।

रचिनले बिहीबार श्रीलंकाविरुद्ध ४२ रनको इनिङ खेलेका थिए । उनले १० रन बनाउने बित्तिकै बेयरस्टोलाई पछाडि छोडे । बाबर आजम यो सूचीमा तेस्रो नम्बरमा छन्। २०१९ मा आफ्नो पहिलो विश्वकप खेल्दै, उनले आठ खेलमा ६७.७१ को औसतमा ४७४ रन बनाएका थिए । जसमा एक शतक र तीन अर्धशतक रहेका छन् ।