१५ भाद्र २०८३, सोमबार
,
Latest
वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरु नभएपछि ‘थ्रेसर मेशिन’ ले दाइँ



अ+ अ-

गलकोट । पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँ गर्ने परम्परा हराउँदै जान थालेको छ ।

केही वर्षअघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका बागलुङ जिल्लाका अधिकांश किसान पछिल्लो समयमा आधुनिक ‘थ्रेसर मेशिन’ र ट्र्याक्टरको सहायताबाट दाइँ हाल्न थालेका छन् । एक दशक अघिसम्म कात्तिक मङ्सिरमा खेतका फाँटमा हलगोरुको सहायताबाटै दाइँहाल्ने परम्परा भए पनि गोरु पाइन छाडेपछि थ्रेसर र ट्र्याक्टरको सहायताले दाइँ हाल्न थालिएको हो ।

गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन हट्न थालेपछि ट्र्याक्टरले खेत जोत्ने, थ्रेरसले धान चुट्न थालिएको बागलुङ नगरपालिका–४ कुँडेलेका किसान काशीनाथ शर्माले जानकारी दिनुभयो । कृषिमा प्रविधिको विकासले गाउँघरबाटै दाइँ संस्कृति हराउँदै जान थालेको जनाउदै उहाँले धेरै मात्रमा धान उत्पादन हुने कुडुँले फाँटमा ट्र्याक्टरको सहायताले खेत रोप्ने र ट्र्याक्टरले नै दाइँ हाल्ने बताउनुभयो । उहाँले धान भने परम्परागत तरिकाले नै चुट्ने गरिएको बताउनभयो ।

थ्रेसर मेसिन, ट्र्याक्टर हलो, पावर टेलर र मिनीटेलर हलोको प्रयोगले किसानको समय, श्रम र पैसाको बचत भए तापनि मौलिक संस्कृतिको भने मर्ममै प्रहार हुन थालेको भान हुने शर्माले बताउनुभयो ।

दाइँको तयारीका लागि पाँच/सात दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठूलो गह्रो खुर्केर खलो बनाएर त्यसमा पाएसम्म गाईको गोबरले लिपपोत गरेर, मियो गाडेर, धानको कुनियो लगाउने प्रचलन अहिले सुन्न मात्रै पाइने बागलुङका स्थानीय किसान छायादत्त रेग्मीले बताउनुभयो । उनीहरूका अनुसार खलोमा गोरु धपाउँदै, पराल माड्दै, धानको रास बनाएर त्यो धानलाई नाङ्लोले बत्ताउने, परालको भारी हाल्ने वा दाइँ गरिएकै स्थानमा पराल थन्क्याउने चलन रहेकोमा अहिले धान चुट्न साथ ट्र्याक्टरले दाइँ हालेर ट्र्याक्टरमै राखेर घरमा पुर्‍याइने गरिन्छ ।

अहिले युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन सकस हुनु र पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले बागलुङका किसानले पराल दाइँ हाल्न र खेतबाट घरमा पुर्‍याउन ट्र्याक्टरकै प्रयोग बढी हुने गर्दछ ।

गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याई धान झाँटेर धान पराल घरमा भित्र्याउन थालेका छन् । जसका कारण पहिलेजस्तो मियोमा गोरु घुमाएर दाइँ हाल्ने चलन गाउँघरबाटै हराउँदै जान थालेको छ । “गोरु र मान्छेले दाइँ हाल्दा समय बढी लाग्छ, खर्च धेरै नै हुन्छ”, रेग्मीले भन्नुभयो, “ट्र्याक्टरले एकैपटक धेरै पराललाई दाइँ हालेर एक घण्टामै सक्छ, उपरकणको सहायताले दाइँ हाल्दा श्रम, समय र पैसाको बचत हुने भएकाले पनि यहाँका अधिकांश किसान अहिले ट्र्याक्टरको प्रयोग गर्दै आएका छन् ।

ठूला फाँटमा चार पाङ्ग्रे ट्र्याक्टरले खेत जोत्ने र साना तथा भिरालो खेतमा मिनि टेलर हलोको सहायताले खेत जोत्ने गरेको पाइन्छ । कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्कअनुसार बागलुङमा पाँच हजार आठ सय ८३ हेक्टर जमिनमा धान रोपाइँ हुन्छ । दश स्थानीय तह रहेको बागलुङमा बागलुङ , जैमिनी र गलकोट नगरपालिका सहित बडिगाड गाउँपालिकामा बढी धान उत्पादन हुने कृषि ज्ञान केन्द्र बागलुङमा बाली विकास अधिकृत कुमार पुनले बताउनुभयो । रासस