२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमाओवादीबीच एकताको आधार तयार हुँदैछ: अध्यक्ष दाहाल



अ+ अ-

रोल्पा । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहुने बताउँदै नयाँ चरणको क्रान्तिको तयारीमा रहेको बताउनुभएको छ ।

शुक्रबार रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी विशेष महाधिवेशनबाट समाजवादको बाटो थप स्पष्ट पार्ने बताउनुभयो ।

झण्डै ६ वर्षपछि माओवादीको आधारक्षेत्र थवाङ पुग्नुभएका प्रचण्डले ४० वर्षअघि पहिलोपटक थवाङ आईपुगेको सम्झिदै भन्नुभयो, ‘म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ।’

उहाँले क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहुने बताउँदै नयाँ चरणको क्रान्तिको तयारीमा रहेको बताउनुभयो । पूर्वमाओवादीबीच एकताको आधार तयार भईरहेको बताउदै उहाँले भन्नुभयो, ‘हामी छिट्टै एकतावद्ध हुन्छौं। समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरू गरेका छौं। सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ । ‘