२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमाओवादीबीच एकताको आधार तयार हुँदैछ: अध्यक्ष दाहाल



अ+ अ-

रोल्पा । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहुने बताउँदै नयाँ चरणको क्रान्तिको तयारीमा रहेको बताउनुभएको छ ।

शुक्रबार रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी विशेष महाधिवेशनबाट समाजवादको बाटो थप स्पष्ट पार्ने बताउनुभयो ।

झण्डै ६ वर्षपछि माओवादीको आधारक्षेत्र थवाङ पुग्नुभएका प्रचण्डले ४० वर्षअघि पहिलोपटक थवाङ आईपुगेको सम्झिदै भन्नुभयो, ‘म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ।’

उहाँले क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहुने बताउँदै नयाँ चरणको क्रान्तिको तयारीमा रहेको बताउनुभयो । पूर्वमाओवादीबीच एकताको आधार तयार भईरहेको बताउदै उहाँले भन्नुभयो, ‘हामी छिट्टै एकतावद्ध हुन्छौं। समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरू गरेका छौं। सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ । ‘