१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

होचा तथा फरक क्षमता भएका सुनारको सगरमाथा चढ्ने साहस

होचा तथा फरक क्षमता भएका सुनारको सगरमाथा चढ्ने साहस
अ अ+ अ-

गण्डकी । सगरमाथा आरोहणको कीर्तिमान सहजरूपमा सम्भव छैन । सहज हुँदो हो त सगरमाथा शिखर आरोहणको त्यति महत्व पनि हुने थिएन होला । निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बीच कास्कीका एक होचा र अपाङ्ता भएका व्यक्ति सागर सुनार (विश्वकर्माले)  पनि सगरमाथा आरोहणको इतिहास रच्ने प्रयास गर्नुभएको छ ।

कास्की जिल्लाको मादी गाउँपालिका–११ सातेका सुनारले अहिले सगरमाथा आरोहणको योजना बनाउनुभएको छ । अपाङ्ता भएका व्यक्ति सगरमाथा चढ्नु अकल्पनीय र असम्भव प्रायः ठान्ने गरिए पनि २८ वर्ष, ३.५ फिट उचाइ र ३५ केजी तौलका सुनारले सगरमाथा चढ्ने साहसिक निर्णय गरेर पहिलो प्रयास थाल्नुभएको छ । उहाँले आगामी वैशाखमा राष्ट्रिय झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गर्नुभएको छ । 

फरक क्षमता भएर पनि मनोबल उच्च राखे जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने सन्देश दिनु पनि आफ्नो अभियानको लक्ष्य भएको उहाँले राससलाई बताउनुभयो । उहाँको शरीरभन्दा टाउको ठूलो छ भने खुट्टाका पाइताला बाङ्गिएका छन् । “सगरमाथामा विश्वका धेरै व्यक्तिले विभिन्न कीर्तिमानी कायम गरिसक्नुभएको छ”, सुनारले भन्नुभयो, “होचो कद र अपाङ्गता भएका एउटै व्यक्तिको कीर्तिमानी कायम गर्ने दाबीका साथ तयारीमा जुटेको छु ।”

आरोहणको पूर्वतयारीका साथ दोलखा जिल्लास्थित पाँच हजार ९२५ मिटर उचाइको रामदुङ हिमाल सकुशल आरोहण गरिसक्नुभएका सुनारले यतिखेर आर्थिक सहयोग गरिदिनुहुन सबैसँग हार्दिक अपिल गर्नुभएको छ । बाबु दुर्गाबहादुर र आमा कमला सुनारका पाँच भाइमध्येका कान्छा छोरा सुनारले भने दिदी उर्मिला सुनारको साथी कान्छीमाया तामाङ अभियानको प्रेरणाका स्रोत भएको बताउनुभयो । तामाङ २१ पटक सगरमाथाको सफल आरोहणसहित विभिन्न नौवटा कीर्तिमानी कायम गर्ने पेम्मादोर्जे शेर्पाका श्रीमती हुनुहुन्छ ।

गाउँको सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेको सुनारले ठट्यौली पारामा भन्नुभयो, “सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर फर्केपछि विवाह गर्ने सोचमा छु ।” सुनारको आरोहण टोलीमा कीर्तिमानी पेम्मादोर्जे शेर्पासहित रहनुहुने तयारी गरिएको छ । आरोहणका लागि एक करोडभन्दा बढी रुपैयाँ खर्च लाग्ने अनुमान छ । आरोहण अभियानमा जुटेका उनका माइला दाइ सुरेश सुनारका अनुसार भाइले दृढ इच्छाशक्ति देखाएको हुँदा  सफल हुने विश्वास व्यक्त गर्दै विभिन्न खाले तयारीका लागि हालसम्म रु १० लाखभन्दा बढी खर्च भईसकेको छ । भाइ जन्मँदा स्वस्थ थियो तर पछिल्लो समय नबढेको र खुट्टा समेतमा समस्या देखिएको उहाँको भनाइ छ ।

आरोहणका लागि अभैm पनि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने सुन व्यवसायमा संलग्न उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सागरका जेठा दाजु सुभास काठमाडाँैस्थित म्यानपावर सञ्चालक हुन् भने साइलो दाजु सुदर्शन सुनारसहित आमाबुबा अमेरिका  र साइलोे दाइ शुक्रराज सुनार पनि दाइकै म्यानपावर कम्पनीमा कार्यरत हुनुहुन्छ ।

सुनारको अभियानमा गाउँपालिकाको साथ र सहयोग 

विश्वको उच्च शिखर सगरमाथा आरोहणको तयारीमा लागेका सागर सुनारको अभियानमा गाउँपालिकाको साथ र सहयोग रहने भएको छ । गाउँपालिकाको पहिचान भएको भन्दै सुनारको आरोहणमा सर्वपक्षीय भेलाको आयोजना गरेको हो ।

नेपालमात्र नभई विश्व कीर्तिमानमा जुटेका सुनारको सहयोगका लागि गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)को संयोजकत्वमा मादीका सम्पूर्ण जनप्रतिनिधि, पोखरा महानगरपालिकाका प्रमुख, माछापुच्छ्रे, रुपा र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष, कास्की जिल्लाबाट निर्वाचित सङ्घीय एवम् प्रदेश सांसद, पूर्वमन्त्री, पूर्वसभामुख, मादी गाउँपालिकामा जन्म भई पोखरामा बसोबास गर्दै आएका विभिन्न १८ वटा तमु समाजका प्रतिनिधि सम्मिलित ३०० को सहयोग समिति गठन गरेको छ ।

भेलामा कीर्तिमानी आरोही पेम्मादोर्जे शेर्पा, विभिन्न राजनैतिक पार्टीका प्रमुख एवम् प्रतिनिधि, तमुसमाज, उद्योगी तथा व्यवसायी, आमा समूह लगायतले मादीको मात्र नभई नेपालकै गौरव यो अभियानलाई आ–आफ्नो स्थानबाट नैतिक, भौतिक तथा आर्थिकरुपमा सहयोग गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

भेलामा गाउँपालिकाका अध्यक्ष गुरुङले सबैको साथ सहयोग रह्यो भने आवश्यक रकम सङ्कलन गर्न सफल हुने विश्वास व्यक्त गर्दै सुनारले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेमा आपूm विश्वस्त रहेको बताउनुभयो ।