• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल

‘आइएमई पे’ नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरको रूपमा रहने



काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ र नेपाल स्पोर्टस् एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम) बिच भएको रणनीतिक साझेदारी सम्झौता अन्तर्गत यही नोभेम्बर २४ देखी हुने बहुप्रतिक्षित ‘नेपाल सुपर लिग २०२३’को लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे रहने भएको छ ।

नेपाल सुपर लिग (एनएसएल) नेपालको प्रमुख खेलहरू मध्ये एक हो जसमा बहुसंख्यक खेल प्रेमिहरुको चासो रहेको छ । जसमा डिजिटल भुक्तानी र टिकट सेवाहरूमा आइएमई पेको आबद्धताले फ्यानहरूलाई आगामी सिजनको टिकट खरिद गर्न सहज र झन्झटमुक्त बनाउने आइएमई पे को विश्वास रहेको छ ।

यस्तै, नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन्। ‘नेपाली फुटबल विकासमा एनएसईएमसँग सहकार्य गर्ने मौका दिएकोमा एनएसईएमलाई धन्यवाद दिन चाहन्छु, र ’आइएमई पे’ को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागु गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको पनि प्रमुख कार्यकारी रेग्मीले बताएका छन् ।

नेपाल सुपर लिग २०२३ रोमाञ्चक फुटबल गतिविधि र मनोरञ्जनका साथ एक विद्युतीय सिजन हुने प्रतिज्ञा गरिएको छ। एनएसईएम र आइएमई पे बिचको यो साझेदारी ले लिगको बृद्धि र पहुँचमा योगदान पुर्‍याउने छ, जसले फ्यानहरूलाई आफ्नो मनपर्ने टोली र खेलाडीहरूलाई समर्थन गर्न सजिलो बनाउँछ।

आइएमई पे को बारेमा:

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति/व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा QR स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।