• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

सेनामा उमेर विवाद: उपरथी पाण्डेले दिए राजीनामा, सिग्देलको कागजपत्र पनि शंकाको घेरामा



काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिनु भएको छ । उमेरको विषयमा छानबिन सुरू भएपछि उपरथी पाण्डेले राजीनामा दिनुभएको हो ।

बुधबार नै राजीनामा पत्र तयार पार्नु भएका पाण्डेले बिहीबार साँझ राजीनामा बुझाउनु भएको सैनिक उच्च स्रोतले न्यूजपोलारलाई जानकारी दिएको छ ।

सैनिक नेतृत्वले सरोज प्रताप राणाको अवकाश पछि रिक्त रहेको रथी पदमा बढुवाका लागि पाण्डेको सिफारिस गरेको थियो तर पाण्डेको उमेरको विषयमा विवाद भएपछि संसदको राज्य व्यवस्था तथा सुशासन समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने तयारी गरेको छ ।

दुई रथीमध्ये हाल सिताराम खड्का कार्यरत हुनुहुन्छ । अब रिक्त रथी पदमा बढुवाका लागि उपरथी अशोकराज सिग्देल रहनु भएको छ । सैनिक स्रोतका अनुसार जुन विषयमा पाण्डेको विवाद भएको हो भने  सिग्देलको पनि सोही अवस्था छ ।

अझ सिग्देलको शैक्षिक प्रमाणपत्र पनि शंकाको दायरामा रहेको स्रोतले जानकारी दियो । सिग्देल पनि बाहिरिएको अवस्थामा उपरथीद्वय निर्मल कुमार थापा र सन्तोष ढकालको बढुवा हुने सम्भावना रहेको स्रोतले जानकारी दियो ।