२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वयम्भूबाट ११ हजार थान पटाकासहित एक जना पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँको स्वयम्भूबाट ११ हजार थान अबैध पटाकासहित एक युवक पक्राउ परेका छन् ।

बिहीबार राति प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बर्दिया राजापुर नगरपालिका–६ घर भएका २९ वर्षीय महेश परियारलाई ११ हजार ७ सय ८० थान पटाकासहित पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू डेरा गरी बस्ने परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।