६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकामा राती १ बजेसम्म देउसी भैलो खेल्न पाउने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा तिहारमा राती १ बजेसम्म देउसी भैलो खेल्न पाउने भएको छ ।

बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले राती ९ बजे सम्म मात्र खेल्न अनुमती दिइएकोमा यसबर्ष राती १ बजेसम्म खेल्न व्यवस्था मिलाईएको कामपाका मेयर बालेन शाहले जानकारी दिए ।

साथै, मेयर बालेनले राती १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था गरिएको र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेल्न अनुरोध गरेका छन् ।

नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन अनुरोध गर्दै बालेनले भनेका छन्,’ बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राती ९ बजे सम्म मात्र खेल्न अनुमती दिइएको थियो । यो बर्ष काठमाडौ महानगर नगरप्रहरीले ‘राती १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको छौ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौ। सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौ।