४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ प्रमण्डलको भेट

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ प्रमण्डलको भेट
अ+ अ-

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङले शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा दुई देशका बीचमा आपसी हित प्रवद्र्धन, सम्बन्ध विस्तार र सहकार्यका विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले राससलाई जानकारी दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपाल र चीन घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेका देश रहेको बताउँदै चीनसँगको सौहार्द्रपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्व दिएको कुरामा जोड दिनुभयो । उहाँले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेकोसमेत बताउनुभयो । “हाम्रो प्रतिबद्धता बलियो, स्पष्ट, सीधा र अटल छ, यस प्रतिबद्धताले समयको परीक्षाको सामना गरिसकेको छ”, उहाँले भन्नुभयो, “एक चीन नीतिमा नेपालको आधारभूत अडानलाई आन्तरिक र बाह्य परिस्थितिको बदलावले प्रभाव पार्दैन, हाम्रो भूमिमा चीनको हितविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता फेरि पनि दोहोर्याउन चाहन्छौँ ।”

यसै वर्षको जुन महिनामा अध्यक्ष तिमिल्सिनाले चीनको औपचारिक भ्रमणका क्रममा राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजी र चिनियाँ राजनीतिक परामर्श दातृ सम्मेलनका अध्यक्ष वाङ हु निङसँग भएको भेटको स्मरण पनि गर्नुभयो । सो अवसरमा उहाँसँग सचिव वाङले पनि शिष्टाचार भेटघाट गर्नुभएको थियो ।

उहाँले आफ्नो भ्रमणका क्रममा सीमानाका सञ्चालन गर्न र नेपालमा उत्पादित घाँस तिब्बत निकासीका लागि गरिएको आग्रह तत्काल कार्यान्वयन भएकामा धन्यवाद दिँदै सुन्तला जातका फलफूलको निकासी गर्ने वातावरण बनाउन तथा चीनको सहयोगमा बनेको पोखरा विमानस्थलमा तिब्बतको राजधानी ल्हासा र साङ्घाइबाट सिधा उडान गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा जलविद्युत्, कृषि उत्पादन, फर्निचर उत्पादनलगायतका उद्योगमा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक देखिएकाले त्यसका लागि वातावरण बनाउन दुवै देशले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । हालै जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावितका लागि चीनले पुर्याएको सहयोगका लागि धन्यवादसमेत दिनुभयो ।

सो अवसरमा सिपिसीका तिब्बत सचिव जुनझेङले नेपाल र चीनका बीचमा रहेको मित्रतापूर्ण सम्बन्ध र सहकार्यको चर्चा गर्दै जाजरकोट भूकम्पपछि पुनःनिर्माणको काममा चीनले सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपालमा भूकम्प जाँदा त्यस्तै भौगोलिक अवस्थिति भएको तिब्बत पनि प्रभावित हुने उल्लेख गर्दै नेपालको भूकम्पको कम्पनले तिब्बतीको मन पनि दुख्ने र उस्तै पीडाको महसुस गर्दै आएका छन् भन्नुभयो ।

उहाँले तिब्बत सरकारले पनि पुनःनिर्माण र राहतमा सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुभयो । ल्हासा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएकाले छिट्टै ल्हासा–काठमाडाँै उडान सञ्चालन हुने जानकारी दिनुभयो । रासस
–––