२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वास प्रस्तावको पक्षमा शुन्य मत



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा शुन्य मत परेको छ ।

हेटौंडामा सम्पन्न एन्फाको विशेष साधारण सभामा नेम्वाङविरुद्धको अविश्वास प्रस्तावको पक्षमा शून्य मत पाएसँगै अध्यक्ष पद जोगिएको छ ।

कुल ८७ जना मतदातामध्ये प्रस्तावको पक्षमा शून्य मत र विपक्षमा अर्थात अध्यक्ष नहटाउने पक्षमा ५२ मत प्राप्त भएको छ । जसमा एक मत बदर भएको भने बाँकी ३४ जनाले मतदान बहिष्कार गरेका थिए ।

गत भदौ २५ गते एन्फाका ४९ सदस्य संस्थाले अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेश गरेको थिए ।