२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पपीडितलाई राहत वितरणमा सरकारको ढिलासुस्ती आपत्तिजनक: नेता खनाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले एकद्वारा प्रणालीबाट उद्धार र सेवा कार्य गर्ने भनेपनि राहत वितरणमा ढिलासुस्ती भइरहेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले महिला, वृद्धवृद्धा र बालबालिकाले राहत तथा खानपिन नपाएको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । उहाँले सुत्केरी महिलाले त्रिपालसम्म नपाएको गुनसो आइरहेको भन्दै सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले राहत वितरणमा सरकारले देखाएको ढिलासुस्ती आपत्तिजनक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पश्चिम नेपालमा भूकम्पको दर्दनाक अवस्था छ । यसले सिंगो देशलाई अत्यन्त पाठ सिकाएको छ । त्यहाँ जुन प्रकारको जनधनको क्षति भएको छ । एक हप्ता पुग्न लागेको छ । सरकारले जुन एकद्वारा प्रणालीबाट त्यहाँ उद्धार र सेवा कार्य गर्ने भनेको छ । तर आजसम्म पनि सामान्य भन्दा सामान्य सुत्केरीले पनि पालसम्म पाएका छैनन् । यो यदी सत्य हो भने दर्दनाक कुरा हो, दु:खद् कुरा हो । सरकार किन ढिला भइरहेको छ । यस्तो इमर्जेन्सी कुरामा सरकारले जुन प्रकारको ढिलाइ गरेको छ । यो अत्यन्त आपत्तिजनक कुरा छ । हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति जनाउन चाहन्छु । अविलम्व ती पीडित जनतालाई राहत पुर्‍याउन आग्रह गर्दछु । ढिला नहोस् भनेर चेतावनी दिन चाहन्छु ।’

पूर्वप्रधानमन्त्री खनालले नेपाल भूकम्पको जोखिममा रहेको उल्लेख गर्दै सरकारले आवश्यक पूर्वयोजनाका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।