६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने सरकारको निर्णय



अ+ अ-

काठमाडौँ । सरकारले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउदै सञ्चार मन्त्री तथा प्रवक्ता रेखा शर्माले निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरेको जानकारी दिइन् ।

बैठकको निर्णय सुनाउदै उनले भनिन, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको हो ।’