२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सोमालियाको विस्फोटमा पाँचको मृत्यु

सोमालियाको विस्फोटमा पाँचको मृत्यु
अ अ+ अ-

मोगादिशु । अफ्रिकी मुलुक सोमालियाको बाइडाओ शहरमा शनिबार एउटा रेस्टुराँ बाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने छ जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीका अनुसार, सुएज क्याफ्टेरियाको बाहिर रहेका बे क्षेत्रका गभर्नर अलि वारधरलाई लक्षित गरी उक्त आक्रमण भएको हो । यद्यपी, विस्फोटबाट उहाँ भने सुरक्षित रहनु भएको छ । 

प्रहरीले वारधरका कम्तीमा दुई जना अंगरक्षक घाइते भएको जनाएको छ । प्रत्यक्षदर्शी अमिन म्याडीले निकै शक्तिशाली देखिएको उक्त बिस्फोटको आवाज शहरका सबैजसो ठाउँमा सुनिएको र मानिसलाई आतंकित बनाएको बताउनुभयो । 

आतंकवादी संगठन अल–कायदा समर्थित अल–शबाबले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । यस संगठनले अफ्रिकी मुलुकहरुमा इस्लामिक शासन स्थापना गर्ने भन्दै सशस्त्र हिंसात्मक आन्दोलन गर्दै आएको छ ।

प्रहरीले उक्त घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ । यसैबीच, मोगादिशुको हुरिआ जिल्लामा गरिएको बम बिस्फोटमा परेर एक सैनिकको मृत्यु हुनुका साथै केही व्यक्ति घाइते भएका छन् ।

सोमालियामा सुरक्षा कमजोरी व्यापक रहेको भन्दै स्थानीयवासी चिन्तित हुन थालेका छन् । यसै वर्षको शुरुमा गरिने भनिएको आमनिर्वाचनमा ढिलाई भएकाले पनि समस्या अरु बढ्दै गएको छ । (रासस–एपी)