• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

बङ्गलादेशमा डेङ्गुबाट एक हजार चार सयको मृत्यु, तीन लाख सङ्क्रमित



ढाका । यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन् ।

स्वास्थ्य सेवा महानिर्देशनालय ९डिजिएचएस० को पछिल्लो आँकडाअनुसार यो वर्ष डेङ्गुको प्रकोप चिन्ताजनक अवस्थामा पुगेको छ । नोभेम्बर ७ सम्म कूल दुई लाख ८३ हजार पाँच सय ९३ सङ्क्रमित भएका छन् भने एक हजार चार सय २५ को मृत्यु भएको छ ।

महानिर्देशनालयले यो वर्ष जुलाईमा दुई सय चार, अगस्टमा तीन सय ४२, सेप्टेम्बरमा तीन सय ९६, अक्टोबरमा तीन सय ५९ र नोभेम्बरमा ७७ जनाको डेङ्गुबाट मृत्यु भएको जनाएको छ । गत महिना ६७ हजार सात सय ६९ मानिसमा डेङ्गु सङ्क्रमण भएकामा नोभेम्बर १ देखि ७ सम्म थप १२ हजार चार सय १८ जना सङ्क्रमित भएका छन् ।

बङ्गलादेशमा सेप्टेम्बरमा डेङ्गुका केसमा उच्च वृद्धि भएको थियो । उक्त महिनामा ७९ हजार पाँच सय ९८ नयाँ सङ्क्रमण र तीन सय ९६ जनाको मृत्यु भएको थियो । व्यापकरूपमा डेङ्गु फैलिएपछि चीनले मङ्गलबार बङ्गलादेशलाई डेङ्गुविरोधी आपत्कालीन आपूर्तिको समूह प्रदान गरेको छ । रासस