२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सत्ता समिकरणको खेलमा किङ्ग मेकर माधव–झलनाथ कि महन्थ–राजेन्द्र ?

सत्ता समिकरणको खेलमा किङ्ग मेकर माधव–झलनाथ कि महन्थ–राजेन्द्र ?
अ अ+ अ-

काठमाडौं । नेपालको पछिल्लो सत्ता राजनीतिमा जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोलाई किंङ्ग मेकरको रुपमा चर्चा गर्ने गरिन्छ । सतहमा हेर्ने हो भने अहिले जसपा संग प्रतिनिधि सभामा जति सांसद सख्या छ । त्यो संख्या नयां सरकार निर्माण वा वर्तमान केपी ओलीको सरकारलाई टिकाइ राख्न निर्णायक देखिन्छ ।

प्रतिनिधि सभामा हाल नेपाल कम्युनिष्ट पार्टी एमालेको १२०, नेपाली  कांग्रेस ६१ , नेपाल कम्युनिष्ट पार्टी माओवादीकेन्द्रको ४९, जनता समाजवादी पार्टीको ३३  र अन्य दलहरुको ४ जनाको प्रतिधित्व छ । वर्तमान प्रधानमन्त्री ओलीलाई आफ्नो पदमा टिकिरहन वा नयां प्रधानमन्त्री चुनिन १३७ जना सांसद चाहिन्छ । अहिले नेकपा माओवादीको समर्थनमा नै के.पी वली सरकार टिकिरहेको छ । नेकपा माओवादीले नचाहंदा नचाहदै पनि ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरी राख्नु परेको छ । यदि ओलीलाई दिएको समर्थन फिर्ता लियो भने ओलीले जसपा संगको सत्ता समिकरण र समर्थनमा विश्वास मत  लिई आफ्नो सरकार टिकाई राख्न सक्ने अवस्था छ ।

यदि प्रधामन्त्री वलीले जसपा संग सत्ता समिकरण वा समर्थन लिन नसकेको अवस्थामा पनि अरु पार्टीहरुको मिलिजुली सरकार गठन हुने अवस्था तत्काल छैन किनभने एमाले बाहेकको अर्को सरकार वन्न नेपाली  कांग्रेस नेकपा माओवादी केन्द्र र जसपा मिल्नु पर्ने देखिन्छ । तर मिल्न सक्ने अवस्था छैन किनभने अहिले जसपा आफूलाई निर्णायक शक्ति मान्दै बढी महत्वकांक्षी सपनामा रुमल्लिएको छ । जसपाका नेताहरुको भाषण सुन्दा र गतिविध हेर्दा किस्तिमा राखेर प्रधानमन्त्री खाई दिनु पर्यो भनी कुनै दिन प्रधानमन्त्री ओली वा अन्य दलका नेताहरु आउने छन भन्ने अवस्था बुझेका छन ।

 यही अवस्था बुझेर नै जसपाले आफू संगको सत्ता समकिरणको लागि जसपाको नेतृत्वमा सरकार बन्नु पर्ने, रेशम चौधरीको कैद सजाय माफ गर्नु पर्ने र संविधान संशोधन गर्नु पर्ने लगाएत विभिन्न शर्त राखेको छ । यी शर्तहरुलाई स्विकारे कांग्रेसले सरकारमा जानुलाई औचित्य देखेको छैन । किनभने जसपाका शर्तहरु स्विकार गर्नु भनेको सत्ताको लागि लोलुपता देखाउनु हो । त्यसैले नेपाली कांग्रेसले नेकपा एमाले पछिको ठूलो दल वा विपक्षी दल हुंदाहुंदै पनि वर्तमानको ओली सरकारलाई ढाल्न दुई चारवटा बैठक राख्ने बाहेक विशेष इच्छा देखाएको देखिन्दैन । यस कारणले गर्दा ओली सरकार पछि अर्को सरकार आउन गाह्रो छ ।

यदि नेकपा माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था र त्यस पछि नेपाली कांग्रेस, नेकपा माओवादी र जसपाको सत्ता समिकरण नबनेको अवस्थामा नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ३ बमोजिम संसदमा सबभन्दा ठूलो दलको हैसियतले ओली सरकारले नै निरन्तर पाउने छ र सो सरकारले संसदमा विश्वासको मत लिन नसकेको अवस्थामा र उपधारा ५ बमोजिम कुनै सांसदको नेतृत्वमा नयां सरकार बन्न नसकेको अवस्थामा ओली सरकारले संविधानतःप्रतिनिधि सभा विघटन गरी आफै चुनावी सरकार बन्न सक्ने अवस्था छ । त्यही अवस्थालाई बुझेर नै अहिले नेकपा माओवादीले चाहेर पनि ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएको देखिन्छ ।  

ओली सरकारलाई टिकाइ रहन वा नयां सरकार गठन गर्न जसपाको जुन आवश्यकता देखिएको छ त्यसैको आधारमा पनि अहिले सो पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोलाई किङ्ग मेकरको रुपमा चर्चा चलेको हो । यसबाहेक ओली सरकार संग मिल्दा दुई पार्टी मात्र मिले पुग्ने र आफ्नो धैरै शर्त पुरा हुनै र स्वंय ओली पनि आफ्नो सत्ता टिकाई राख्न वा विपक्षीदलहरु संग मिल्न नदिनको लागि जे पनि गर्न सक्ने वा महन्थ ठाकुरलाई प्रधानमन्त्री मानेर समेत अगाडी बढ्न सक्ने देखिएकोले नै महन्थ ठाकुर लगाएत जसपाका नेताहरु चर्चामा छन । तर चर्चा भए अनुसार जसपा वा जसपाका नेताहरु किङ्ग मेकर होइन । किनभने अहिले नेकपा भित्र नै तीनचिरा छ ।

एउटा चिराको नेतृत्व ओलीले गर्छ जो संग लगभग ८२ जना सांसद रहेको मानिन्छ भने माधव नेपाल र झलनाथ खनालको पक्षमा ३८ जना सांसद रहेको मानिन्छ भने बामदेव गौतमको एकता अभियानमाले ४–५ जना सांसदलाई यताउता गर्न सक्ने अवस्था देखिन्छ ।

नेकपाएमाले अध्यक्ष ओलीले माधन नेपाल लगाएत झलनाथ पक्षधरका नेताहरुलाई ६ महिना सम्मका लागि पार्टी सदस्यबाट निलम्बन गरी कारवाही गरी सकेको अवस्था छ । त्यस पछि माधव झलनाथ पक्ष र पक्षधरहरु समानान्तर पार्टी संरचना गठन गरी हिडिरहनु भएको छ तर छुट्टै पार्टी खोल्न सक्नु भएको छैन । संविधान र कानूनतः नेकपा एमालेलाई फुटाएर छुट्टै पार्टी खोल्न पार्टीको केन्दिय कमिटी वा सांसद सख्याको ४० प्रतिशत संख्या पु¥याउन नसकेकोले हो वा नेकपा एमाले फुटाएको आरोप खेप्न नचाहेर हो वा आफूले खाईपाई आएको सांसद पद छोड्न नचाहेकोले हो वा पछि  हुने निर्वाचनको लागि खतरा मोल्न नचाहेर हो, अलग पार्टी खोल्न प्रष्ट हिम्मत गर्न सक्नु भएको छैन ।

विगतमा नेकपा माओवादीकेन्द्र समेतको नेकपामा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको पक्षमा पार्टीको केन्द्रिय कमिटीमा र प्रतिनिधि सभामा सांसद संख्यामा बहुमत हुंदाहुदै पनि पार्टी फुटाएको आरोप लाग्ने डरले हो वा ओली गलेर निस्केर जाओस वा आत्म समर्पन गरोस वा निर्वाचन आयोग मार्फत आफ्नो गतिविधिलाई आधिकारीकता देओस् भन्ने खातिर छुटै पार्टी बन्न सकेन जसको कारण प्रचण्ड माधव र झलनाथ वर्तमानमा लाचार अवस्थामा आईपुगेको देखिन्छ । 

अहिले पनि सांसद पद नरहे पनि पार्टी छुट्टै पार्टी खोल्ने प्रष्ट निर्णय गर्न नसकेको अवस्थामा भोलिका दिनमा नेपाल र झलनाथको हालत दयनीय अवस्थामा पुग्ने देखिन्छ । किनभने अहिले ओलीको हातमा सत्ताशक्ती छ । भोलीको दिनमा ओलीले जसपा संग सत्ता समकिरण गर्दा विश्वासको मत लिन खोज्दा माधव झलनाथ पक्षधरहरुले पार्टीको नाममा समर्थन नगरी सुखै छैन । यदि समर्थन नगरिएको अवस्थामा पनि पार्टीको लागि गद्दार साबित हुने र कानूनतः सांसद पद गुमाउने पर्ने हुन्छ । तसर्थ भोलिको दिनमा लाचार र लाछी जस्तो गरी ओली सरकारको समर्थनमा विश्वासको मत दिनु वा विश्वासको मत नदिई गद्दार कहल्याई सांसद पद गुमाउनु भन्दा वर्तमानमा सांसद पद त्याग्नु नै श्रेष्ठकर देखिन्छ ।

त्यसो त माधव झलनाथ पक्षहरुले सांसद पदबाट राजीनामा दिने कुराले मात्र पनि सत्ता समिकरणको खेलमा उथलपुथल हुन सक्छ । किनभने माधव झलनाथ पक्षमा देखिएका ३८ जना सांसदले राजीनामा दिएको अवस्थामा ओलीले जसपा संग सत्ता समिकरण दिवा सपना सरह हुने छ किनभने जसपा संग रहेको ३३ सांसद र ओलीको ८२ गर्दा जम्मा ११५ मात्र हुन्छ जुन बहुमतको लागि नपुग हो ।

त्यस माथी जसपामा पनि बाबुराम भट्राई र उपेन्द्र यादवको पक्षमा १६ सभासद छन जो ओली संग कुनै पनि हालतमा सत्ता समिकरण गर्न हुदैन भन्ने पक्षमा छन । त्यसैले यदि माधव र झलनाथले आफुनो वास्तविक शक्तिलाई बुझ्ने वा आंट गर्ने हो भने सत्ता समिकरणको सांचो जसपाका नेताद्धय ठाकुर र महतोको हातमा होइन आफ्नो खल्तीमा छ भन्ने सावित गर्न सक्छ । साथै के पी ओली र जसपाका नेताहरुलाई आफ्नो साइज देखाई हैसियत नबुझाए सम्म वर्तमान सत्ता समिकरणको राजनीतिले निकासा पाउने अवस्था पनि देखिन्दैन ।

त्यस बाहेक ४० प्रतिशत पुर्‍याई पार्टी फुटाएर नेकपा माओवादी केन्द लगाएत अन्य कम्युनिष्ट पार्टीहरु संग एकता गरेको अवस्थामा संसदमा ठूलो दल वा नेपालमा ठूलो पार्टी मात्र होइन कमुनिष्ट आन्दोलनको लागि पनि आदर्श वा मार्गनिर्देशक बन्न सक्छ ।