५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा ३० करोड बराबरको राहत सामाग्री हस्तान्तरण



अ+ अ-

पोखरा । चिनियाँ राजदुत छन सोङले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि झण्डै ३० करोड बराबरको राहत सामाग्री नेपाललाई हस्तान्तरण गरेका छन् ।

राजदुत सोङले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भूकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत झन्डै ३० करोड मुल्य बराबरको सामाग्री आएको थियो । दुईवटा एयरक्राफ्टबाट ४ हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ । यस्तै, केरुङ नाका हुँदै चिनले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ ।

चिनियाँ सेनाको राहत सामाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गरे। उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको र दुबै मुलुक एकअर्काको दु:खमा साथमा रहेको बताए ।

यस्तै, राजदुत सोङले भुकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गर्दै नेपाल र नेपाली जनताको दु:खमा आफ्नो देशको सधैं साथ सहयोग रहने बताए । साथै, उनले राष्ट्रपति सि जिन पिङले समेत पत्र पठाएर त्यो संवेदना जाहेर गर्नुभएको बताए।

 

 




भर्खरै