• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति

सशस्त्र प्रहरीद्वारा १२ लाख मूल्य बढीको सामान बरामद



काठमाडाैंः सशस्त्र प्रहरी बल नेपालले धनुषा जिल्लाको विभिन्न स्थानबाट १२ लाख रुपैयाँभन्दा बढिको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको जनाएको छ ।

जनकनन्दिनी गाउँपालिका–१ ईनर्वास्थित अड्डा टोल ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुर मातहत बीओपी ईनर्वाबाट विशेष सुचनाका आधारमा खटिएको टोलीले कार्तिक २० गते राति ११ बजेको समयमा ३ लाख ७५ हजार मूल्य बराबरको लत्ताकपडा र लत्ताकपडा ल्याउन प्रयोग गरेको अन्दाजी ४ लाख ५० हजार मूल्य बराबरको मोटरसाईकल समेत बरामद गरेको छ ।

भारतबाट भन्सार छली ज ११ प ६३२१, प्रदेश २ ०२–००१ प ०२०८ र ज ७ प ८७५६ नम्बरको तीन वटा मोटरसाइकलमा राखेर ल्याउँदै गरेको उल्लेखित लत्ताकपडासहित मोटरसाइकल बरामद गरिएको हो ।

साथै कार्तिक २१ गते विहान सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाबाट खटिएको गस्ती टोलीले जनकपुरस्थित महावीर चोकबाट २ वटा मोटरसाईकलमा अबैध रुपमा ल्याउँदै गरेको अन्दाजी २ लाख मूल्य बराबरको लत्ताकपडा र लत्ताकपडा ल्याउन प्रयोग गरेको अन्दाजी २ लाख मूल्य बराबरको मोटरसाइकल समेत बरामद गरेको छ ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात तस्करहरु मोटरसाइकल र सामान छाडी भागेका थिए । बरामद लत्ताकपडा तथा मोटरसाइकल आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा तथा गण मातहत कार्यालयहरुले चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्रै ६० लाखभन्दा बढी मूल्य बराबरको अबैध सामान तथा सामान ओसार पसारमा प्रयोग गरिएका सवारी साधनहरु बरामद गरी आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाएका छन् ।