१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च चिनियाँ अधिकारी आउदै



अ+ अ-

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वायत्त क्षेत्र (तिब्बत) का सचिव वाङ चुनचङ नेतृत्वको छ सदस्यीय टोली आज नेपाल आउदै छन् ।

टोलीमा पार्टी सचिव तथा सिचाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयका निर्देशक पाइमान याङचोङ , सिचाङ स्वायत्त क्षेत्रको विकास तथा सुधार आयोगका महानिर्देशक मा चिङलिन,वित्त विभागका महानिर्देशक यिन लिफङ,यातायात विभागका दावा छुचु र सिच्याङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयका दोभाषे सिरेन याङ्ची पनि रहेका छन् ।

टोलीको सम्मानमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले हिमालय होटलमा आज रात्रीभोजको आयोजना गर्नुभएको छ ।