९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप एक लाख २७ हजार नयाँ सङ्क्रमित



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ सङ्क्रमित भएका छन् । 

संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ । 

सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार ५९ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या पाँच लाख एक हजार ११४ पुगेको छ । 

भारतमा अहिले १३ लाख ३१ हजार ६४८ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । 

पछिल्लो २४ घण्टामा दुई लाख ३० हजार ८१४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 

एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या झण्डै दोब्बर रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या तिव्र रुपमा घट्दै गइरहेको छ । (रासस-एएनआई)