४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति चढेको हेलिकप्टरबाट भूकम्पका घाइतेलाई काठमाडौं ल्याइयो



अ+ अ-

काठमाडौं । भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा जाजरकोट पुग्नु भएका राष्ट्रपति रामचन्द्र पौडेलले फर्कने क्रममा घाइतेलाई काठमाडौं उपचार गर्न ल्याउनु भएको छ ।

राष्ट्रपति पौडेलले आज काठमाडौं फर्कने क्रममा भूकम्पबाट गम्भीर घाईते (ढाडमा गम्भीर समस्या रहेका) जाजरकोटका वीरे पुनलाई काठमाडौं ल्याउनु भएको छ ।

राष्ट्रपति पौडेलले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्नुको साथै पीडित परिवारसँग भेटघाट र अस्पतालमा विरामीहरुको अवस्थाबारे जानकारी लिनु भएको थियो । उहाँले सरकारलाई पीडितहरुको लागि तत्काल राहत र पूननिर्माणको काम थाल्न निर्देशन समेत दिनु भएको छ ।